रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, जात्रा विधिवत् सुरु « Khabarhub

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, जात्रा विधिवत् सुरु


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथारोहण शनिबार सम्पन्न भएको छ । रथारोहणसँगै यस वर्षको जात्रा विधिवत् रूपमा सुरु भएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने परम्पराअनुसार यस वर्ष पनि रथारोहण सम्पन्न गरिएको हो ।

परम्पराअनुसार त:बहालबाट देवताको मूर्तिलाई खटमा राखेर पुल्चोकमा निर्माण गरिएको रथमा पुर्‍याई विधिवत् रूपमा विराजमान गराइएको छ । यससँगै जात्रा औपचारिक रूपमा सुरु भएको मानिन्छ ।

मच्छिन्द्रनाथलाई वर्षको ६ महिना त:बहाल मन्दिर र बाँकी ६ महिना बुङ्मतीमा राख्ने परम्परा रहेको छ । यसअघि देवतालाई बुङ्मतीबाट ल्याई पाटनको त:बहालमा स्थापना गरिएको थियो ।

करिब ३२ हात लामो र झण्डै ४८ फिट अग्लो रथ परम्परागत शैलीमा निर्माण गरिएको हो । रथ तान्ने साइत पञ्चाङ्ग निर्णायक समिति, स्थानीय गुठी तथा ज्यापु समुदायसँगको समन्वयमा निर्धारण गरिने गरिन्छ ।

यस जात्रालाई उपत्यकाकै महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा लिइन्छ, जसमा हजारौँ श्रद्धालु सहभागी हुने गर्छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : ३७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,