आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य « Khabarhub

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १९५ रनको लक्ष्य दिएको छ ।

राजीव गान्धी स्टेडियममा भएको खेलमा चेन्नइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९४ रन बनायो।

हैदराबादको तर्फबाट अभिषेक शर्मा र हेनरिक क्लासनले उत्कृष्ट प्रदर्शन गर्दै समान ५९–५९ रनको अर्धशतकीय पारी खेले। अन्य ब्याट्सम्यानले भने ठूलो योगदान दिन सकेनन् ।

चेन्नइका बलरमध्ये जैमी ओभर्टन र अंशुल कम्बोजले उत्कृष्ट प्रदर्शन गर्दै ३–३ विकेट लिए भने मुकेश चौधरीले २ विकेट हात पारे ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ३७ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार