वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता « Khabarhub

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८ गतेदेखि वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । वार्षिक रुपमा प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबले वैशाख ८ गतेदेखि १२ गतेसम्म ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

पाँच दिनसम्म सञ्चालन हुने वडास्तरीय फुटबल प्रतियोगितामा प्रथम हुने वडाले नगद पुरस्कार रु एक लाख ११ हजार १११ तथा द्वितीय हुने वडाले नगद रु ६६ हजार ६६६ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । प्रतियोगिताका सेमिफाइनलिष्ट दुई वटा वडाले रु २५ हजार ५५५ का दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

प्रतियोगितामा बेष्ट प्लेयर एक जनालाई रु पाँच हजार ५५५ तथा बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिडफिल्डर, हाई स्कोरर, बेष्ट कोच र राइजिङ प्लेयरलाई रु दुई हजार २२२ का दरले नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता समापनका अवसरमा जिल्लामा क्रियाशील एकजना पत्रकारलाई ‘सोल्मा खेलकुद पत्रकारिता पुरस्कार’ प्रदान गरिने आयोजकले जनाएको छ । सोल्मास्थित आफ्नै खेल मैदानमा सञ्चालन हुने छैटौँ संस्करणको प्रतियोगितामा जिल्लाका १४ वडाले सहभागिता जनाउने आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार वैशाख–८ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र सोही नगरपालिकाको वडा नं ६ नेर्पा तथा दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाबीच हुने भएको छ ।

वैशाख ९ गते चार खेल सञ्चालन हुने आयोजकले जनाएको छ । वैशाख ९ गतेको पहिलो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, दोस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी, तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा र हलेसी तुवाचुङ नगरपालिका–१ बहुनीडाँडा तथा चौथो खेल साकेला गाउँपालिका–२ रतन्छा र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेबीच हुने भएको छ ।

प्रतियोगितामा जिल्लाभित्रका वडाहरूले मात्र सहभागी हुन पाउने नियम बनाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी एउटै वडाको हुनुपर्ने जनाइएको छ ।

सहभागी खेलाडीले वडा कार्यालयबाट सिफारिस साथमा नाम, थर र ठेगाना खुल्ने सक्कल कागजसहित दुई÷दुईप्रति पास्पोर्ट अनिवार्य उपलब्ध गराउनुपर्नेछ । प्रतियोगितामा कीर्ते खेलाडी सहभागी गराउने वडालाई रु २० हजार जरिवाना र तीन वर्षसम्म प्रतियोगितामा सहभागी हुन नपाउने जनाइएको छ ।

खेलमा सहभागी भएपश्चात् बहिस्कार गर्न नपाइने र कसैले बहिस्कार गरेका खण्डमा आयोजकलाई रु २० जरिवाना बुझाउनुपर्ने जनाइएको छ । खेलमा दाबी विरोध गर्नुपरेमा खेल सकिएको एक घण्टाभित्र रु २५ हजार नगदसहित उजुरी गर्नुपर्नेछ भने उजुरी परेको वडाले दुई घण्टाभित्र विवरण पेस गरिसक्नुपर्ने जनाइएको छ ।

विसं २०७० मा स्थापना भएको सोल्मा स्पोर्टस् क्लबले हरेक वर्ष वडास्तरीय प्रतियोगिता सञ्चालन गर्दै आएको छ । ‘सभ्य समाज निर्माणका निम्ति अनिवार्य खेलकुद’ भन्ने नाराका साथ स्थापना गरिएको सोल्मा स्पोर्टस् क्लबको अन्तरराष्ट्रिय मापदण्डको आफ्नै खेल मैदान रहेको छ । तस्वीर उपलब्ध छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ५९ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’