रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा ! « Khabarhub

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

नाम नेपालमा, दाम र काम विदेशमा


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा पुनः फर्किएको पाइन्छ । नायक सरोज खनाल र रमेश उप्रेती जस्ता स्थापित भइसकेका कलाकारहरू पनि यो सूचीमा पर्छन् ।

केही विदेशमै रहेर पनि ठूलो पर्दामा काम गर्न नेपाल आएको पाइन्छ । नायक राजबल्लभ कोइरालाले गत वर्ष प्रदर्शनमा आएको ‘एक्टर : टेक वान’मा शीर्ष भूमिका निर्वाह गरे । जो अमेरिकामा स्थायीरुपमा बसोबास गर्दै आएका छन् ।

त्यस्तै, नायिका ऋचा घिमिरेले फिल्म ‘तेल भिसा’ निर्माण र अभिनय नै गरिन् ।

‘लभरब्वाइ’को छवि बनाएर लोकप्रिय बनेका नायक जीवन लुइँटेल पनि अमेरिका पलायन हुने स्टार कलाकार हुन् । लामो समय अमेरिका बसेपछि दर्शकबाट दूरी बनाएर जीवन दर्शकलाई भेट्न नाटकको साहारा लिए । उनले एक नाटकमा अभिनय गरे र अमेरिका नै फर्किए । उनले फिल्ममा फर्कने तयारीमा रहेको चर्चा छ ।

युरोप पलायन भएकी गरिमा पन्त एक फिल्मको छायाङ्कनका लागि अहिले नेपालमा छिन् ।

कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुश’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अमेरिका भासिएको चर्चा छ । उनीहरू केही समयअघि मात्रै अमेरिका गएका हुन् ।

केदार घिमिरे ‘माग्ने बूढा’ पनि स्थायी बसोबासको प्रक्रिया मिलाउनकै लागि विगतका केही महिनादेखि अमेरिकामा रहेको चर्चा छ ।

नायक दीलिप रायमाझी, नायिका जल शाह र अरुणिमा लम्साल पनि अमेरिएका पलायन भएका कलाकार नै हुन् । दीलिप भने नेपाल आउने–जाने गरिहन्छन् ।

त्यस्तै, चर्चित गायक–गायिकाहरू पनि ठूलो संख्यामा विदेश पलायन भएका छन् । जसका गीतहरू अहिले पनि श्रोताको मुखमा झुण्डिएको छ, दैनिकीसँग जोडिएको छ ।

अहिले सक्रिय रुपमा काम गरिरहेका गायक राजु लामा पनि विदेश पलायन हुने गायकमै गनिन्छन् । उनको सांगीतक समूह ‘मंगोलिन हार्ट’ प्राइम रहेका बेला उनी अमेरिका पलायन भएका हुन् ।

त्यसबेला उनी अवैधरुपमा विदेश बसेको र्‍युमर पनि चलेको थियो । करिब ८ वर्ष विदेश बसेर राजु गायनमै फर्किए । अहिले उनको समूह नै सक्रिय छ ।

त्यस्तै, सुपरहिट लोक गीत दिएका गायक भगवान भण्डारी पनि अमेरिका पलायन भए । अहिले उनी बाल्टिमोरमा बस्दै आएका छन् ।

उनी भने नेपाल आउने जाने र सार्वजनिक कार्यक्रममा देखिइरहेका हुन्छन् । अमेरिकमै बसे पनि उनले लगातर गीतहरू गाइरहेका छन् । नेपालमा चर्चामा रहेका मोडलहरू नै उनको गीतको भिडियोमा देखिन्छन् ।

भण्डारी तीनै गायक हुन्, जसले ‘खैरेनीमा गेट’, ‘फूलमा भमरा’, ‘वनमा काँडा छ’ जस्ता हिट गीत श्रोतालाई दिएका छन् ।

अरु पनि छन् टन्नै

५० र ६० को दशकमा नेपाली लोक दोहोरीमा एक छत्र राज गरेकी गायिका बिमाकुमारी पनि अमेरिका पलायन भएकी छिन् ।

०७९ मा उनले अमेरिकामा स्थायी बसोबास गर्नका लागि नेपाल छोडेको सार्वजनिक गरेकी थिइन् । तर, त्यसभन्दा केही वर्ष अघिबाटै उनी अमेरिका बस्दै आएको सुनिन्थ्यो ।

दूरा आफू ठगिएकाले अमेरिका भासिनु पर्ने बाध्यता आइलागेको बताउँदै आएकी छिन् । घर बेच्ने क्रममा आफन्तबाटै आफू ठगिएको उनको दाबी छ ।

दूराका ‘खैरिनेमा गेट’, ‘माझी दाइ पोखरा फेवा तालको’, ‘हङकङ आईडीले’, ‘वनको काफल वनकै चरीलाई’ र ‘जापान टोकियो’लगायतका सुपरहिट गीत छन् । अहिले उनी गायन सक्रियता शून्यप्रायः नै छ ।

नेपाली सुगम संगीतको विशेष नाम हो, यम बराल । ५० र ६० को दशकमा रेडियो–टेलिभिजनमा उनको गीत नसुन्ने सायदै होलान् ।

तर, ७० को दशकपछि गायनमा उनको सक्रियता कमजोर छ । कारण– उनी अमेरिका भासिए ।

‘निष्ठुरीले छाडेर गइहाली’, ‘बादलुको घुम्टोले’, ‘अब चोटहरूले पिरोल्दैन मलाई’ र ‘माया बस्यो मुटुमा’लगायत दर्जनौँ गीत उनले दिएका छन् । उनले तीन दर्जनभन्दा बढी फिल्मका गीतमा स्वर दिएका छन् ।

पछिल्लो समय उनले गायनबाट चटक्कै हात धोएका भने छैनन् । त्यो रेडियोमा यम बराल हेर्दा अहिलेका यम बराल निकै निष्क्रिय छन् । विदेशले उनलाई दर्शकबाट टाढै राखेको छ ।

प्रकाश श्रेष्ठ पनि अमेरिका बस्दै आएका छन् । उनी गायन करिअर उत्कर्षमा रहेका बेला नै विदेश पलायन भएका भने होइनन् ।

नेपाली मनोरञ्जर क्षेत्रको इतिहासबारे गहिरो जानकारी राख्ने निर्देशक प्रकाश सायमीकाअनुसार चमत्कारी स्वरका कारण रेडियो नेपालमा भ्वाइस टेस्ट नगरी गीत रकेर्ड गर्ने मौका पाउने गायक उनी हुन् ।

सायमीका अनुसार सन् १९८० को दशकमै उनले पाश्र्व गायनमा डेब्यू गरेको पाइन्छ । उनलाई पाश्र्व गायनमा डेब्यू गराउने फिल्म ‘अर्को जन्म’ हो ।

४० भन्दा बढी फिल्मका गीतमा उनले स्वर दिएका छन् । उनको आजका युवा पुस्तामाझ पनि लोकप्रियम गीतहरू ‘कान्छी हे कान्छी’ हो । उनी नेपाल वायुसेवा निगमका कर्मचारीसमेत थिए । उनी रिटायर्ड लाइफको चरणमा छन् ।

गायक रविन शर्माको कालजयी गीत ‘कुन मन्दिरमा जान्छौ यात्री’ नसुन्ने को नै होला र ? उनको सबैभन्दा हिट गीत नै यही हो ।

आजको दिनमा सञ्चालन हुने गायन रियालिटी शोमा पनि यो गीत समावेश भएकै हुन्छ । कार्यक्रम सञ्चालनमा त एकसमय उनको विकल्प नै थिएन ।

पाश्र्व गायन र एकल गायनमा दुवैमा रविन स्थापित थिए । अहिले उनी गायनमा निष्क्रिय जस्तै छन् । उनी रिटायर्ड लाइफका लागि अमेरिकामा छन् । रेडियो नेपालमा नायव महाप्रबन्धकसम्म पुगेका उनी राजेन्द्र शर्माका नाममा अंग्रेजी शर्मा पढ्थे ।

गायक जोडी सञ्जीव प्रधान र सरिष्मा अमात्य पनि अमेरिका बस्दै आएका छन् । अमेरिका केन्द्रित नै सांगीतिक गतिविधिमा सहभागी भएको उनीहरूकै फेसबुक पोस्टले संकेत गर्छ । सञ्जीव र सरिष्मा पनि नेपाली संगीत क्षेत्रले नबिर्सिने नाम हो ।

अन्य चर्चित गायक–गायिकाहरू नलिना चित्रकार, सपनाश्री, मोहन भुसाललगायत पनि अमेरिकामा नै बस्दै आएका छन् । पोखराबाट उदाएका कर्णदासले पनि नेपालको सफलतामा चित्त नबुझाएर अमेरिकाको प्रवासलाई नै रोजे ।

०००

गायक–गायिकाका लागि पहिलो हिट दिन निकै संघर्ष हुन्छ । एक गीतबाट चिनिएपछि उनीहरूको करिअरले व्यवसायिक गति समात्छ ।

वर्षौंको मिहिनेत र संघर्षले स्थापित भइसकेका गायक–गायका पनि विदेश पलायन भएका छन् ।

पहिला गायनलाई शोक र आर्थिक आर्जनका लागि अन्य पेसामा आबद्ध हुने चलन थियो । प्रकाश श्रेष्ठ र रविन शर्मा शर्मा जस्ता गायक त्यही समयका हुन् ।

तर, उनीहरू पनि विदेशमै मोहित भएकाे पाइन्छ । अघिल्ला दुई–तीन दशकको अवधिमा प्राइममा रहेका धेरै गायक–गायिका पलायन भएका छन् । यहाँ बसेर पनि गायनलाई निरन्तरता दिने कमै छन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ०४ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई