आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित « Khabarhub

आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। १९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दिल्लीले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हात पारेको हो।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रनको बलियो योगफल खडा गरेको थियो। राजस्थानका लागि ओपनर वैभव सूर्यवंशीले ४६, ध्रुव जिरेल ५३ र कप्तान रियान परागले ५१ रन बनाए ।

दिल्लीका तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गर्दै रन गति रोकेका थिए। स्टार्कले ४ ओभरमा ४० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिएका हुन्।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएर लक्ष्य पूरा गरेको हो । दिल्लीका लागि ओपनरद्वय अभिशेख पोरेल र केएल राहुलले अर्धशतक बनाए ।

खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै टोलीको जितको आधार तय गरेका दिल्ली क्यापिटल्सका मिचेल स्टार्क ‘प्लेयर अफ द म्याच’ बने। यो हारसँगै राजस्थान १२ अंकसहित छैटौं स्थानमा झरेको छ भने समान अंक बनाएको दिल्ली सातौ स्थानमा छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ६ : ०८ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले