विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र « Khabarhub

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी विकेट लिँदा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै रन बनाएका छन् ।

२०२३ देखि सुरु भएर २०२७ मा सकिने यो लिगमा नेपालले अहिलेसम्म २६ वटा खेल खेलिसकेको छ । २६ मध्ये २१ खेलका २० इनिङस् खेलेका सन्दीप लामिछानेले ३६ विकेट हात पारेका छन् । लिग–२ मा सहभागी आठ टिममध्ये उनी सर्वाधिक विकेट कर्ताको सूचीको सातौं नम्बरमा छन् । ३६ विकेट हात पार्दा सन्दीपले १२ मेडन राख्दै ८६५ रन खर्चिएका छन् । कुल १९४ ओभर ५ बलको सामना गरेका उनको इकोनमी चार दशमलव ४३ रहेको छ ।

नेपालका लागि सोमपाल कामीले १९ खेल खेल्दै २८ विकेट लिएका छन् भने २१ खेल खेलेका करण केसीले २४ विकेट हात पारेका छन् ।

नेपालका लागि सर्वाधिक रनकर्ता दीपेन्द्रसिंह ऐरी
नेपालले २६ खेल खेल्दा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा दीपेन्द्र अगाडि छन् । २२ खेलको प्लेइङ ११ मा परेका दीपेन्द्रले १८ इनिङ खेल्दा ६७५ रन बनाएका छन् । एक खेलमा शतक पूरा गरेका उनले पाँच खेलमा अर्धशतक बनाएका छन् । १८ खेलमा उनले ४७ चौका प्रहार गर्दा १० वटा छक्का हिर्काएका छन् । उनको एभरेज ३९ दशमल ७० रन रहेको छ ।

सर्वाधिक रनकर्ता खेलाडीको नेपाली सूचीको दोस्रो स्थानमा ओपनर आशिफ शेख छन् । उनले २३ खेलमा ६०८ रन बनाएका छन् भने तेस्रो स्थानमा रहेका उनका दाइ आरिफ शेखले २१ खेल खेल्दै ५४९ रन बनाएका छन् । चौथो स्थानमा रहेका नेपाली कप्तान रोहितकुमार पौडेलले २५ खेल खेल्दा ५२३ रन बनाएका छन् । पाँचौ स्थानमा रहेका अर्का ओपनर कुशल भुर्तेलले २० खेल खेल्दै ४९२ रन बनाएका छन् ।

नेपालले २७ औँ खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । अघिल्लो खेलमा स्कटल्यान्डसँग डिएल पद्धतिबाट निर्णय हुँदा दुई रनको पराजय भोगेको नेपाल आज बदला लिने लक्ष्यका साथ मैदानमा हुनेछ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ९ : २३ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको