विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र « Khabarhub

विश्वकप लिग-२ : विकेट र रनको शीर्ष स्थानमा सन्दीप र दीपेन्द्र


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ मा नेपालका लागि सन्दीप लामिछानेले सबैभन्दा बढी विकेट लिँदा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै रन बनाएका छन् ।

२०२३ देखि सुरु भएर २०२७ मा सकिने यो लिगमा नेपालले अहिलेसम्म २६ वटा खेल खेलिसकेको छ । २६ मध्ये २१ खेलका २० इनिङस् खेलेका सन्दीप लामिछानेले ३६ विकेट हात पारेका छन् । लिग–२ मा सहभागी आठ टिममध्ये उनी सर्वाधिक विकेट कर्ताको सूचीको सातौं नम्बरमा छन् । ३६ विकेट हात पार्दा सन्दीपले १२ मेडन राख्दै ८६५ रन खर्चिएका छन् । कुल १९४ ओभर ५ बलको सामना गरेका उनको इकोनमी चार दशमलव ४३ रहेको छ ।

नेपालका लागि सोमपाल कामीले १९ खेल खेल्दै २८ विकेट लिएका छन् भने २१ खेल खेलेका करण केसीले २४ विकेट हात पारेका छन् ।

नेपालका लागि सर्वाधिक रनकर्ता दीपेन्द्रसिंह ऐरी
नेपालले २६ खेल खेल्दा सर्वाधिक रन बनाउने नेपाली खेलाडीको सूचीमा दीपेन्द्र अगाडि छन् । २२ खेलको प्लेइङ ११ मा परेका दीपेन्द्रले १८ इनिङ खेल्दा ६७५ रन बनाएका छन् । एक खेलमा शतक पूरा गरेका उनले पाँच खेलमा अर्धशतक बनाएका छन् । १८ खेलमा उनले ४७ चौका प्रहार गर्दा १० वटा छक्का हिर्काएका छन् । उनको एभरेज ३९ दशमल ७० रन रहेको छ ।

सर्वाधिक रनकर्ता खेलाडीको नेपाली सूचीको दोस्रो स्थानमा ओपनर आशिफ शेख छन् । उनले २३ खेलमा ६०८ रन बनाएका छन् भने तेस्रो स्थानमा रहेका उनका दाइ आरिफ शेखले २१ खेल खेल्दै ५४९ रन बनाएका छन् । चौथो स्थानमा रहेका नेपाली कप्तान रोहितकुमार पौडेलले २५ खेल खेल्दा ५२३ रन बनाएका छन् । पाँचौ स्थानमा रहेका अर्का ओपनर कुशल भुर्तेलले २० खेल खेल्दै ४९२ रन बनाएका छन् ।

नेपालले २७ औँ खेलमा आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । अघिल्लो खेलमा स्कटल्यान्डसँग डिएल पद्धतिबाट निर्णय हुँदा दुई रनको पराजय भोगेको नेपाल आज बदला लिने लक्ष्यका साथ मैदानमा हुनेछ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ९ : २३ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले