एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड « Khabarhub

एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका छन् । उनले ७३ खेलमा १५० विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाडीको रेकर्ड बनाएका हुन् । सोमबार त्रिवि मैदानमा स्कटल्यान्डको दुई विकेट लिँदै सन्दीपले यो कोशेढुंगा पूरा गरेका हुन् ।

२३ ओभरको समाप्तिमा अहिले स्कटल्यान्ड पाँच विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकएक विकेट हात पारेका छन् ।

लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको वर्षौँ पुरानो रेकर्ड तोड्दै विश्व क्रिकेटमा नेपालको नाम लेखाएका हुन्।

सन्दीपले केवल ७३ ओडीआई खेल खेल्दै १५० विकेटको आँकडा पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट लिएका थिए। स्टार्कको भन्दा ४ खेल कम खेल्दै सन्दीपले यो जादुमयी सफलता आफ्नो नाममा लेखाउन सफल भएका हुन्।

नेपाली क्रिकेट इतिहासकै यो अर्को सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धि हो।

१०० विकेटको कीर्तिमान पनि सन्दीपकै नाममा
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो विकेटको शतक (१०० विकेट) पूरा गर्ने कीर्तिमान पनि सन्दीपकै नाममा सुरक्षित छ। उनले सन् २०२३ को अप्रिलमा ओमानविरुद्धको खेलका क्रममा आफ्नो ४२औँ खेल खेल्दै १०० ओडीआई विकेट पूरा गरेका थिए।

त्यसअघि उक्त कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो। राशिदले ४४ खेलमा १०० विकेट लिएको रेकर्डलाई सन्दीपले ४२ खेलमै भङ्ग गरेका थिए। १०० विकेटपछि १५० विकेटको दौडमा पनि विश्वका दिग्गज बलरलाई पछि पार्दै सन्दीपले नेपाली क्रिकेटलाई वैश्विक मञ्चमा नयाँ उचाइ दिएका छन्।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : ५५ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका