नेतन्याहू ठान्थे : इरानी शासक कमजोर छन्, पहिलो आक्रमणमै त्यहाँको सत्ता ढल्छ « Khabarhub

नेतन्याहू ठान्थे : इरानी शासक कमजोर छन्, पहिलो आक्रमणमै त्यहाँको सत्ता ढल्छ


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाका पूर्वरक्षा मन्त्री तथा सीआईए प्रमुख रबर्ट गेट्सले इरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सन् २००९ देखि नै इरानमाथि सैन्य हमलाको वकालत गर्दै आएका बताएका छन् ।

गेट्सका अनुसार, नेतन्याहूले हमला भए लगत्तै इरानी सरकार ढल्ने विश्वास गर्दै आएका थिए ।

सीबीएसको कार्यक्रम ‘फेस द नेशन’ मा गेट्सले सन् २००९ को जुलाईमा नेतन्याहूले उनलाई भनेका थिए- इरानी शासन कमजोर छ। पहिलो हमलामै ढल्नेछ।

गेट्सले त्यतिबेला नेतन्याहूलाई स्पष्ट रूपमा उनी पूरै गलत रहेको र इरानी जनताको दृढतालाई कम आँकिरहेका बताएका थिए ।

पूर्वरक्षा मन्त्रीले नेतन्याहूको सोचमा इजरायलका पुराना सैन्य अभियानहरूको प्रभाव परेको बताएका छन् । उनले १९८१ मा इराकको ओसिराक परमाणु रियाक्टर र २००७ मा सिरियाको परमाणु सुविधामाथि इजरायली हमलाको उदाहरण दिए।

गेट्सका अनुसार, यी हमलाहरूमा इजरायललाई सीमित जवाफ मात्र मिलेको थियो, जसले इजरायलमा यो धारणा बनायो कि इरानले पनि अन्य देशहरू जस्तै सीमित जवाफ मात्र दिनेछ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ११ : २४ बजे

सदनको गतिरोध हटाउन विपक्षी दल सहमत

काठमाडौं– विपक्षी दलहरू सदनको गतिरोध हटाउन सहमत भएका छन् ।  

पोखरा महानगरले गर्‍यो सुकुम्वासी परिवारको जीवन बीमा

कास्की– पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुम्वासी तथा न्यून कमाइ भएकाका

भन्सार छलेका ४१ लाख रुपैयाँ बढीका सामान बरामद

लुम्बिनी– रुपन्देही प्रहरीले जिल्लाको भैरहवामा एक व्यापारीको गोदामबाट मंगलबार खानतलासी

लागूऔषधसहित १६ जना पक्राउ

काठमाडौं– प्रहरीले देशका विभिन्न भागबाट लागूऔषधसहित १६ जनालाई पक्राउ गरेको

चौँरीको पुच्छरसहित ट्याक्टर चालक पक्राउ

किमाथाङ्का– मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु पाँच लाख ५०