कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ « Khabarhub

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेका सांसद अभिषेकप्रताप साहले तत्कालीन गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरण शंकास्पद रहेको बताएका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकको आकष्मिक समयमा बोल्दै साहले गृहमन्त्री हुँदा सुधनले सार्वजनिक गरेको सम्पत्ति विवरण कयौँ प्रश्न गर्ने ठाउँ रहेको भन्दै छानबिन गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले पनि सुधनलाई चोख्याउने गरी छानबिनको नाटक गरेको बताउँदै साहले यस्ता शंकास्पद सम्पत्ति भएका व्यक्तिबारे सरकार ढाकछोपमा लाग्न नहुने उनले उल्लेख गरे।

‘तत्कालीन गृहमन्त्री सुधन गुरुङले सार्वजनिक गरेको सम्पत्ति शंकास्पद छ । उनको सम्पत्तिको निष्पक्ष छानबिन गरेर सार्वजनिक गरिनुपर्छ’, उनले भने, ‘राज्यले पर्याप्त छानबिन गरेर कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।’

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ११ : ४७ बजे

साउदी अरबका चार सहरमा हुथीको आक्रमण, ७३ भन्दा बढी घाइते

रियाद- इरान समर्थित यमनको हुथी समूहले साउदी अरबका चार सहरहरूमा

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

काठमाडौं- एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको

चीनको व्यापार वृद्धि तीव्र

बेइजिङ- चीनको आयात–निर्यात अगस्टमा उल्लेख्य रूपमा बढेको छ । विश्वव्यापी

जेन-जी आन्दोलनमा पक्राउ परेकाको पक्षमा प्रदर्शन (तस्बिरहरू)

पोखरा– गत वर्ष भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि

पुरुष क्रिकेट : नेपाल हङकङसँग पराजित

काठमाडौं– मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको