इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे « Khabarhub

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- पछिल्लो २४ घण्टामा दर्जनौँ अमेरिकी विमानहरू इजरायलमा उत्रिएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीस्थित अमेरिकी सैन्य अड्डाबाट हतियार र गोला-बारूद बोकेर दर्जनौं कार्गो विमान तेल अभिभ पुगेका छन्।

यसलाई इरानविरुद्ध सम्भावित नयाँ हमलाको तयारीका रूपमा हेरिएको छ।

इजरायलको च्यानल-१३ ले अमेरिकी कार्गो विमानहरू ठूलो मात्रामा गोला-बारूद बोकेर इजरायल पुगेका जनाएको छ। रिपोर्टअनुसार, यो खेप इरानविरुद्ध युद्ध फेरि सुरु गर्ने तयारीको हिस्सा हो।

यो घटनाक्रम त्यस्तो बेला आएको हो, जब इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच इरानबारे छलफल भएको थियो।

रिपोर्टहरूका अनुसार, अमेरिका र इजरायल इरानमाथि नयाँ हमलाका लागि सैन्य विकल्पहरूबारे छलफल गरिरहेका छन्।

हालै ट्रम्पले पनि इरानलाई चेतावनी दिँदै समय छिट्टै बितिरहेको बताएका थिए । यदि उसले छिटो सम्झौता गरेन भने केही पनि बाँकी नरहने उनको चेतावनी थियो।

नेतन्याहू र ट्रम्पबीच छलफल

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे फोन वार्ता गरेका छन्।

रिपोर्टहरूका अनुसार, इजरायल र अमेरिका इरानमाथि चाँडै नयाँ हमलाको तयारी गरिरहेका छन्।

टाइम्स अफ इजरायलका अनुसार, नेतन्याहू र ट्रम्पले फोनमा इरान युद्ध फेरि सुरु हुने सम्भावना र ट्रम्पको हालैको चीन भ्रमणबारे छलफल गरेका थिए।

वार्तापछि नेतन्याहूले जेरुसेलममा आफ्ना उच्च मन्त्री तथा अधिकारीहरूसँग सुरक्षा बैठक बोलाएका छन्।

बैठकमा विदेश मन्त्री गिदोन सार, रक्षा मन्त्री इजराइल काट्ज, वित्त मन्त्री बेजालेल स्मोट्रिच, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वीर लगायतका वरिष्ठ नेताहरू सहभागी थिए।

एक्सिओसको रिपोर्ट अनुसार, ट्रम्पले मंगलबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग सिचुएशन रुममा बैठक गर्ने छन्। उक्त बैठकमा इरानविरुद्धका सैन्य विकल्पहरूबारे छलफल हुनेछ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १२ : ०३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६