सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश « Khabarhub

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन दर्ता गर्न सोमबार आदेश दिएकी छन् ।

मल्लले सोमबार दिउँसो १ बजेसम्म सबै रिट निवेदन दर्ता गरी मंगलबार (जेठ ५ गते) पेशीमा चढाउन उनले निर्देशन दिएकी छन् ।

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेका रिट दरपीठविरुद्ध निवेदन दर्ता गर्न आदेश दिइएको हो ।

कामु प्रधानन्यायाधीश मल्लको सचिवालयले सोमबार दिउँसो १ बजेसम्म निवेदन दर्ता गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको थियो । त्यसपछि निवेदन दर्ता भएका हुन्।

अब उक्त दरपीठ सदर गर्ने वा खारेज गरी रिट दर्ता गर्न आदेश दिने भन्ने विषयमा भोलि इजलाससमक्ष सुनुवाइ हुनेछ ।

गत वैशाख २५ गते संवैधानिक परिषद्ले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वरिष्ठता र स्थापित परम्पराविपरीत सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता डा. प्रेमराज सिलवाललगायतले सर्वोच्चमा रिट हालेका थिए।

तर सर्वोच्च प्रशासनले ती रिट दरपीठ गरेको थियो । ‘सर्वोच्च अदालत नियमावली, २०७४’ को नियम ४०(१)(ग) अनुसार रिट दरपीठ भएपछि अधिवक्ता डा. सिलवाल दरपीठविरुद्ध निवेदन लिएर सर्वोच्च पुगेका थिए । गत वैशाख २८ गते शाखामा निवेदन पेश गरिए पनि दर्ता भएका थिएनन् ।

नेपाल बार एशोसिएशनले पनि सर्वोच्च प्रशासनको उक्त कार्यप्रति आपत्ति जनाएको थियो । सर्वोच्चका रजिष्ट्रार मानबहादुर कार्कीले ‘सल्लाह गरेर दर्ता गर्ने’ भन्दै पन्छिएका थिए । कार्कीले निवेदन अस्वीकार गरेपछि अधिवक्ता सिलवालले कामु प्रधानन्यायाधीश मल्लको सचिवालयमा निवेदन दिएका थिए ।

रजिष्ट्रारले नियतवश आलटाल गरेको भन्दै अधिवक्ता सिलवालले नेपालको संविधान २०७२ को धारा १२८(२) र धारा १३६ अनुसार अधिकार प्रयोग गरी निवेदन दिएका थिए । त्यसपछि सचिवालयले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १२ : २२ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण