जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी « Khabarhub

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोमा आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद केसीले लिली थापाको संयोजकत्वमा बनेको मानव अधिकार आयोगको प्रतिवेदन किन र कसको स्वार्थमा रोकिएको छ? भन्दै प्रश्न गरे । उक्त प्रतिवेदन रोकिएको बारे संसद जानकारी पाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै उनले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गर्दै सांसदहरूलाई उपलब्ध गराउन माग गरे ।

भदौ २४ गते करिब १२ घण्टा नेपाली जनता अनाथ, राज्यविहीन र टुहुरा बनेको भन्दै सांसद केसीले यस्तो घटना नदोहरिने गरि सरकारले प्रत्याभूति गर्नुपर्ने बताए ।

उनले दुवै प्रतिवेदन लुकाउने, जनता झुक्याउने र छलछाम गर्ने काम बन्द गर्नसमेत माग गर्दै तुरून्त प्रतिवेदन सार्वजनिक गरि दोषीमाथि कानुनबमोजिम हदसम्मको कडा कारबाही गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १२ : ५४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर