प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता आदेशमा रास्वपाका सांसद्को आपत्ति « Khabarhub

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता आदेशमा रास्वपाका सांसद्को आपत्ति


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेशप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा रास्वपाका सांसदद्वय यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले स्वार्थ बाझिने गरी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिएको आदेशप्रति आपत्ति जनाएका हुन् । 

सर्वोच्चको आदेशप्रति रास्वपा सांसदहरूले विरोध जनाएपछि एमालेले भने अदालतमा विचाराधीन मुद्दाको विषयमा संसद्मा बहस गरेको भन्दै आपत्ति जनाएको छ ।

बैठकमा रास्वपाका सांसद यज्ञमणि न्यौपानेले स्वार्थ बाझिने गरी अदालतको आदेश आएको भन्दै आपत्ति जनाए । 

उनले अदालतका आफ्ना मर्यादा र सीमा रहने भन्दै अदालतको न्याय प्रशासनको विषयभन्दा बाहिर गएको आरोप लगाए ।

त्यस्तै रास्वपा सांसद समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीशले नै दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न दिइएको आदेश कतिको उचित हो भन्दै प्रश्न गरिन् । उनले राजनीति गर्न मन भए कोट खोलेर आउन कामु प्रधानन्यायाधीशलाई सुझाव दिए । 

यता एमालेका सांसद ऐन महरले भने अदालतमा विचाराधीन विषयलाई सदनमा छलफल गर्न नपाउने व्यवस्था रहेको भन्दै रास्वपा सांसदको अभिव्यक्तिप्रति आपत्ति जनाए । 

न्यायाधीश र अदालतको अपमान हुने गरी सदनमा पटक पटक अभिव्यक्ति आइरहेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराए । 

यसअघि कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा सिफारिस विरुद्ध दायर दरपिठ सोमबार नै निवेदन दर्ता गरेर मंगलबारका लागि पेसी तोक्न आदेश दिएका थिए । 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  २ : ३९ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न