कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी « Khabarhub

कोरला नाकामा डिप बोरिङ प्रविधिबाट खानेपानी


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– उत्तरी कोरला नाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।

समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाइन्ट २४ नं सीमास्तम्भ नजिकै डिप बोरिङमार्फत खानेपानी निकालिएको हो । 

उक्त कार्यका एसियन कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग रु ३० लाख बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए । पठारको जमिन खनेर पाइपलाइनमार्फत नौ दिनको प्रयासमा परीक्षण सफल भएको हो । 

डिप बोरिङ प्रविधिबाट पानी निकालेपछि स्थानीय व्यापारीलाई सहज भएको छ । डिप बोरिङमार्फत पानी निकालिएपछि गाउँपालिकाका जनप्रतिनिधि कोरलानाका पुगेका थिए । 

यसअघि कोरलानाका व्यापारी पानीका लागि सीमापारी चीनबाट सहयोग माग्दै आएका थिए भने केही व्यापारीले १६ किमी दूरीको लोमान्थाङ–१ न्हेचुङबाट ट्याक्टरमार्फत ढुवानी गर्दै आएका थिए । 

नाकामा खानेपानी व्यवस्था भएपछि व्यापारी, पर्यटक तथा चालकलाई ठूलो सहयोग पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । खानेपानी सम्बन्धित निकायमा परीक्षण गरिने छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  २ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको