राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य समयमा बोल्ने सांसदहरूले वर्षायामसँगै बाढीपहिरो र डुबानको त्रासदेखि बादर, बदेल आतङ्कले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
 
बैठकमा सांसद गीता देवकोटाले वर्षायाम सुरु भएदेखि बाढी, पहिरो र डुुबानको त्रासमा बाँच्न बाध्य नागरिकलाई तत्काल राहत, उद्धार र पुनः स्थापनाका लागि तयारी हुन सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाहरूले निर्देशन गरेको प्राध्यापन र परीक्षा प्रणाली सञ्चार गरेर बाँकी समयमा अन्य काम गर्दा गलत प्रचार गर्न नहुने धारणा राखे ।

सांसद मीना सिंह रखालले दैलेखसहित देशमा विभिन्न भागमा बाँदर र बँदेलका कारण किसान मर्माहत भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जङ्गली जनावर नियन्त्रण गरी दीर्घकालीन रूपमा किसानका समस्या समाधान गर्न माग गरिन् ।

सांसद रञ्जित कर्णले सरकारले सुशासनका नाममा ट्रेड युनियन खारेज गर्न नहुनेमा जोड दिँदै सरकारले यो विषय तत्काल सच्च्याउन माग गरे।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  २ : ५७ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण