राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण « Khabarhub

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकको शून्य समयमा बोल्ने सांसदहरूले वर्षायामसँगै बाढीपहिरो र डुबानको त्रासदेखि बादर, बदेल आतङ्कले किसानमा परेको चिन्तालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
 
बैठकमा सांसद गीता देवकोटाले वर्षायाम सुरु भएदेखि बाढी, पहिरो र डुुबानको त्रासमा बाँच्न बाध्य नागरिकलाई तत्काल राहत, उद्धार र पुनः स्थापनाका लागि तयारी हुन सरकारको ध्यानाकर्षण गराइन् । 

सांसद जगत तिमिल्सिनाले विश्वविद्यालयका शैक्षिक संस्थाहरूले निर्देशन गरेको प्राध्यापन र परीक्षा प्रणाली सञ्चार गरेर बाँकी समयमा अन्य काम गर्दा गलत प्रचार गर्न नहुने धारणा राखे ।

सांसद मीना सिंह रखालले दैलेखसहित देशमा विभिन्न भागमा बाँदर र बँदेलका कारण किसान मर्माहत भइरहेकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै जङ्गली जनावर नियन्त्रण गरी दीर्घकालीन रूपमा किसानका समस्या समाधान गर्न माग गरिन् ।

सांसद रञ्जित कर्णले सरकारले सुशासनका नाममा ट्रेड युनियन खारेज गर्न नहुनेमा जोड दिँदै सरकारले यो विषय तत्काल सच्च्याउन माग गरे।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  २ : ५७ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली