‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ « Khabarhub

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

देउखुरी– घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताए । 

उनका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो । दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ छ मिटर छ । 

यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् ।

यो जलाशय निर्माण भएपछि १०० बिघा जमिनमा सिँचाइ पुगेको चौधरीले जानकारी दिए । उनले भने, ‘पहिले मानिस र गाईवस्तुलाई पेटभरि पानी खुवाउन नसक्ने गाउँले अहिले सहरका मानिसलाई पेटभरि तरकारी खुवाउन सक्ने भएका छौँ । १५० घरका सबैले खेती गरेका छौँ ।’ 

आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेको उनले बताए । 

घोराही-१७ कर्जाहीका पूर्ण चौधरी ५२ वर्षको भए । उनले स्नातकसम्म अध्ययन गरे पनि अहिले व्यावसायिक कृषि पेसा गर्दै आएका हुन् । आफ्नो एक बिघा र भाडामा लिएको छ कठ्ठा जमिन व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । चौधरीले व्यावसायिक तरकारीखेती गर्न थालेको पाँच वर्ष भएको जानकारी दिए ।

पछिल्लो समय एकयाममा तरकारी बिक्री गरेर रु ९० हजारदेखि रु एक लाखसम्म आम्दानी भइरहेको उनले बताए । ‘पाँच वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलासय विस्तार भएपछि मात्रै पानीको पहुँच पुग्यो र खेती सुरु भयो’, उनले भने ।

सोही ठाउँकी ७२ वर्षीया सुशीला चौधरी धनिया उखेल्दै गरेको अवस्थामा भटिइन् । उनका खेतमा धनिया, लौका, करेला, काक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उनी तरकारी बारीमा भेटिन्छिन् । करिब १८ कठ्ठा जमिनमा खेती गरेको तरकारीले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको उनले जानकारी दिइन् ।

पानीको सुविधा भएपछि गाउँका सबैले व्यावसायिक खेती गर्न थालेका बताउँदै सुशीलाले यसबाट स्वरोजगार बन्नुका साथै बाँझो जमिन हराभरा हुन थालेका उल्लेख गइन् । 

‘तरकारीखेती गरेपछि घरमा खान भएको छ, बिक्री गरेर आम्दानी भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ’, उनले भनिन् ।

ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा आम्दानीमार्फत जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको सुशीलाले बताइन् । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने कामको अभियान घोराही उपमहानगरपालिकाले गरिरहेको छ । 

कर्जाही गाउँबाट दैनिक रु ५० हजार बराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष प्रशु चौधरीले जानकारी दिए । उनका अनुसार गाउँका २५० परिवारको १०० बिघा जमिनमा सिँचाइ पुगेको छ । 

अध्यक्ष चौधरीले भने, ‘अहिले गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारीखेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । पानीले सबैको जीवन परिवर्तन गरिदिएको छ ।’ 

खेती नगर्ने कुनै घर छैन धेरै थोरै होला बाह्रै महिना किसान खेतवारीमा व्यस्त रहने गरेको उनको भनाइ छ । आम्दानी वृद्धिसँगै पोषणमा सुधार भएको चौधरीले बताए ।
 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ४ : १६ बजे

यमनमा झडपमा ८१ लडाकू मारिए

दुबई– यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी

दुई जनाको उद्धारपछि प्राधिकरणका सुपरभाइजर नेतृत्वको टोली त्रिशूली–३ ‘ए’ सुरुङभित्र पस्यो

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका

एक सातादेखि च्यामको फोरजी टावर ठप्प

हुम्ला– जिल्लाको अदानचुली गाउँपालिका–५ च्यामस्थित नेपाल टेलिकमको फोरजी टावर एक सातादेखि

नेपाली मूलकी अधिकारीले अमेरिकामा खोलिन्का इरोसहेलिक्स कम्पनी

काठमाडौं– नेपाली मूलकी उद्यमी अरुणा अधिकारीले अमेरिकामा क्लिनिकल प्रविधि कम्पनी काइरोस

गृहमन्त्री भन्छन्- हामीलाई त्यही पुरानै शैली अपनाउन दबाब दिएको देख्दा मलाई अचम्म लाग्छ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूलाई पुरानै शैलीबाट आफूहरूलाई काम गर्न