कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन « Khabarhub

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न १२ उपसमिति गठन गरेको छ ।

पार्टी उपसभापति एवम् प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न आज १२ उपसमिति गठन गरेका हुन् ।

उनले भूमि व्यवस्था विशेष अभियान उपसमितिमा डा गोपाल दहित (सुकुमवासी र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागि), विपद् व्यवस्थापन उपसमितिमा मानबहादुर थापा (पूर्वतयारी, उद्धार र पुनर्स्थापनाका लागि), मानसिक स्वास्थ्य सचेतना उपसमितिमा मोहना अन्सारीलाई जिम्मेवारी दिएका छन् ।

यसैगरी, सूचना, प्रविधि तथा डिजिटल सुशासन उपसमितिमा ई. दीपेश विष्ट, निर्वाचन प्रणाली सुधार उपसमितिमा जनक चटौत, पूर्वाधार विकास अवधारणा उपसमितिमा ई. अमृत ज्ञवाली, उद्यमशीलता, नवप्रवर्तन र रोजगार उपसमितिमा खगेन्द्र आचार्य र शिक्षा र शिक्षालय नीति उपसमितिमा डा कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, बिपी ज्ञान केन्द्र उपसमितिमा प्रकाश लामिछाने, जातीय विभेदविरुद्ध सचेतना उपसमितिमा एलिजा ढकाल, डिजिटल सचेतना तथा तथ्य जाँच उपसमितिमा प्रकृति भट्टराई र ग्रिन टेबल उपसमितिमा कञ्चन झालाई जिम्मेवारी दिइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनले आन्तरिक आचारसंहिता निर्माणका लागि उपप्रमुख मधु आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन् । 

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ४ : २८ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली