पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन « Khabarhub

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका छन् । 

सोमबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले जनताका प्रतिनिधिहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिएका कारण प्रधानमन्त्रीलाई संसद्प्रति उत्तरदायी बनाउन आफूहरूले बैठकभित्र पर्चासहित विरोध गर्नुपरेको बताएका हुन् । 

प्रधानमन्त्रीले थिति बनाउन नसके आगामी दिनमा बेथितिहरू मौलाउँदै जाने उनले बताए । संसदभित्र पर्चा देखाएर विरोध गर्न मिल्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष साम्पाङले कानुन बनाउने मान्छेलाई कानुन नसिकाउन सुझाव दिए । 

उनले संसदभित्रै जस्तोसुकै स्वरूपमा विरोध गर्न सक्ने गरी आगामी दिनमा कानुन बनाउने समेत उल्लेख गरे । प्रधानमन्त्री सदनमा आउनुपर्छ भन्ने कानूनमा भएको व्यवस्थालाई प्रधानमन्त्रीले नै उलङ्घन गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ४ : ५८ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली