इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो « Khabarhub

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

तेहरान– युद्धको सन्त्रासबीच इरानले फेरि एक पटक सहमतिका लागि १४ बुँदे नयाँ प्रस्ताव अमेरिकालाई पठाएको छ।

इरानी मिडिया रिपोर्टहरूका अनुसार इरानले पाकिस्तानमार्फत् आफ्नो नयाँ १४ सूत्रीय प्रस्ताव अमेरिकालाई पठाएको हो। यो प्रस्ताव शान्ति प्रक्रिया र युद्ध अन्त्यसँग सम्बन्धित रहेको बताइएको छ।

तस्नीम न्यूज एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै बताएअनुसार तेहरानको मुख्य फोकस युद्ध अन्त्य गर्नु र दुवै पक्षबीच विश्वास कायम गर्नु रहेको छ।

यसबीच पाकिस्तानका गृह मन्त्री मोहसिन नकवीले तेहरानमा आफ्नो भ्रमण तेस्रो दिनसम्म बढाएका छन्। उनी हालैका दिनमा इरान र अमेरिकाबीचको वार्ता अघि बढाउने प्रयासमा संलग्न रहेका छन्।

अमेरिका भन्छ- इरानको फन्डिङ रोक्नुपर्छ

अमेरिकाका वित्त मन्त्री स्कट बेसेण्टले जी७ देशका वित्त मन्त्रीहरूसँग इरानमाथि लगाइएका प्रतिबन्धहरू पालना गर्न अपिल गर्ने बताएका छन्।

स्कट बेसेण्टले यी प्रतिबन्धहरूको मुख्य उद्देश्य इरानको फन्डिङ रोक्नु रहेको बताएका छन्। अमेरिकाले सबै ठूला देशहरू मिलेर इरानमाथि आर्थिक दबाब कायम राख्न चाहेको पनि उनले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : ३० बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने