विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित « Khabarhub

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय हालका लागि स्थगित गरेको छ।

काउन्सिलले दुई चरणमा ३६ जना गैरआवसीय चिकित्सकको नाम दर्ता किताबबाट हटाउने निर्णय गरेको थियो। 

तर उक्त निर्णयको चर्को विरोध भएपछि वैशाख २९ गते बसेको काउन्सिलको पूर्ण बैठकले उनीहरूको नाम तत्कालका लागि दर्ता किताबमै कायम राख्ने निर्णय गरेको हो।

यसअघि काउन्सिलले ‘नेपाल मेडिकल काउन्सिल ऐन २०२०’, ‘नियमावली २०२४’ तथा ‘नेपाल नागरिकता ऐन २०६३’ अनुसार नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १९ जना चिकित्सकको नाम दर्ता खारेज गर्ने निर्णय गरेको थियो।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार अब विश्वभरका गैरआवसीय नेपाली चिकित्सकलाई पुनः दर्ताका लागि आह्वान गरिने भएको छ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ३० बजे

अर्थसंक्षेप : बजारमा ग्यासको हाहाकार, महँगी नियन्त्रण गर्न नसक्दा सरकारको आलोचना र राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षणराष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक

दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर अदालतको आदेश

काठमाडौं- जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४