सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने « Khabarhub

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र तनावलाई लिएर सांकेतिक विरोध जनाउने भएको छ। बारले सर्वोच्चको अवस्थालाई लिएर  दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ।

सोमबार अपराह्न सम्पन्न बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोधस्वरूप लालटिन बाल्ने भएको हो।

बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ।

उनले अदालतमा न्याय खोज्न जाने नागरिकका रिट तथा मुद्दा नै दर्ता नहुने अवस्था गम्भीर चिन्ताको विषय भएको पनि बताए।

‘यदि अदालतमा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले न्याय कहाँ खोज्ने ? न्याय पाउन कहाँ जाने ?’, उनले प्रश्न गर्दै भने ।

सोमबार सर्वोच्चकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश अस्वीकार गर्दै प्रशासनका कर्मचारी फाइल नै बोकेर भागेका थिए। मल्लले प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माविरूद्धका निवेदन दरपीठ नगरी दर्ता गर्ने आदेश गरेकी थिइन् । 

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ३९ बजे

भेरी अस्पतालमा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी

बागमतीको गाँठो नफुकेपछि ओ‌‌लीले सबै सांसदलाई गुन्डुमा झिकाए, राप्रपाको सहयोग नमिल्दा जगन्नाथ जिल्लिए

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा