सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने « Khabarhub

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र तनावलाई लिएर सांकेतिक विरोध जनाउने भएको छ। बारले सर्वोच्चको अवस्थालाई लिएर  दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ।

सोमबार अपराह्न सम्पन्न बार केन्द्रीय कार्यसमिति बैठकले अदालतमा रिट निवेदनसमेत दर्ता हुन नसक्ने अवस्था सिर्जना भएको निष्कर्ष निकाल्दै विरोधस्वरूप लालटिन बाल्ने भएको हो।

बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे बारको कार्यालय प्राङ्गणमा लालटिन बालिनेछ।

उनले अदालतमा न्याय खोज्न जाने नागरिकका रिट तथा मुद्दा नै दर्ता नहुने अवस्था गम्भीर चिन्ताको विषय भएको पनि बताए।

‘यदि अदालतमा रिट र मुद्दा नै दर्ता हुँदैनन् भने जनताले न्याय कहाँ खोज्ने ? न्याय पाउन कहाँ जाने ?’, उनले प्रश्न गर्दै भने ।

सोमबार सर्वोच्चकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश अस्वीकार गर्दै प्रशासनका कर्मचारी फाइल नै बोकेर भागेका थिए। मल्लले प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्माविरूद्धका निवेदन दरपीठ नगरी दर्ता गर्ने आदेश गरेकी थिइन् । 

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ६ : ३९ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स