प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गते बसेको संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो ।

डा. शर्माविरुद्ध ती १० दिनमा १६ वटा उजुरी परेका संसद् सचिवालयले सोमबार जनाएको छ। प्राप्त उजुरी सुनुवाइ प्रक्रिया मंगलबारदेखि सुरू गर्ने तयारी छ ।

समितिले उजुरीकर्ताहरूलाई मंगलबार नै सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठक कक्षमा उपस्थित हुन भनेको छ।

प्रधानन्यायाधीश पदमा सिफारिस भएका शर्माको नियुक्ति अस्वीकृत गर्नुपर्ने माग गर्दै संघीय संसद्को संसदीय सुनुवाइ समितिमा एउटा लिखित निवेदन दर्ता परेको छ।

काठमाडौंको मैतीदेवीकी जस्मिन ओझाले दर्ता गरेको निवेदनमा डा. शर्माको नियुक्तिका विरुद्ध संवैधानिक योग्यता, नैतिकता, निष्पक्षता र संस्थागत शुचितासम्बन्धी गम्भीर प्रश्न उठाइएका छन्।

ओझाले संविधानले तोकेको योग्यता पूरा नगरी उच्च पद प्राप्त गर्ने प्रयासले प्रारम्भदेखि नै बदनियतपूर्ण नियतको संकेत गर्ने पनि बताएकी छन् ।

उनले यस्तो अवस्थामा नियुक्ति अस्वीकृत गर्नुका साथै आवश्यक भए महाभियोगको प्रक्रिया अघि बढाउन समेत माग गरेकी छन्।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ५२ बजे

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशुली ए बाट जीवित उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा