‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’ « Khabarhub

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा पुस्तासम्म पु¥याउन सकिएमा ती अनुभवका माध्यमबाट मुलुकमा समृद्धि प्राप्त गर्नए सकिने बनाइएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय काठमाडौँ र कोसी प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित ‘ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण’सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा सहभागीले ज्येष्ठ नागरिकका अनुभव अमूल्य सम्पदाका रूपमा सदाका लागि जीवित हुने बताए ।

ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनका अनुभव, सङ्घर्ष र सफलताबाट युवालाई कृषि, हस्तकला, व्यापार तथा सामाजिक क्षेत्रमा सफलता प्राप्त हुने विचार व्यक्त गर्नुभयो । प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले ज्येष्ठ नागरिक र युवापुस्ताबीच समुदाधुर सम्बन्धमा विकास गर्न तथा उनीहरुको सीप ज्ञानलाई उपयोग गरि मुलुकको समृद्धि ल्याउनका राज्यलाई आवश्यक सुझाव दिन आग्रह गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले युवाहरूमा संस्कार, अनुशासित र परिश्रमिक बनाउन ज्येष्ठ नागरिकका अनुभव र सीप हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निर्मला कार्कीले ज्येष्ठ नागरिक अमूल्य खानी भएकाले उनीहरुलाई सधैँ सम्मान गर्न युवापुस्तालाई आग्रह गरे ।

ज्येष्ठ नागरिक महासङ्घ प्रदेशका अध्यक्ष मणि अर्याल, सामाजिक विकास मन्त्रालयकी सहायक सचिव दुर्गा बराललगायतले ज्येष्ठ नागरिकको सीप र ज्ञानलाई औपचारिक शिक्षा प्रणालीसँग जोड्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक महासङ्घका प्रतिनिधि, विभिन्न सङ्घसंस्थामा आबद्ध ज्येष्ठ नागरिक, विभिन्न विद्यालयका विद्यार्थी, सङ्घीय मन्त्रालय र प्रदेश मन्त्रालयका प्रतिनिधि, विराटनगर महानगरपालिकालगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ९ : ३६ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका