आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य « Khabarhub

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमनेसामने भएका छन् ।

चेन्नईस्थित चेपक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको छ। यससँगै सनराइजर्स हैदराबादलाई जितका लागि १८१ रनको लक्ष्य प्राप्त भएको छ ।

जवाफी ब्याटिङ सुरु गरेको हैदराबादले १ ओभरको समाप्तिसम्म बिना विकेट क्षति १५ रन बनाइसकेको छ। टोलीका लागि अभिषेक शर्मा र ट्राभिस हेड क्रिजमा रहेका छन् ।

चेन्नईको ब्याटिङमा सुरुवात बलियो देखिएको थियो । सञ्जु स्यामसनले केवल १३ बलमा २७ रनको आक्रामक पारी खेले । त्यसपछि कार्तिक शर्माले १९ बलमा ३२ रन बनाए भने डेवाल्ड ब्रेविसले २७ बलमा ४४ रन जोड्दै पारीलाई सम्हाले । अन्त्यतिर शिवम दुबेले २६ रनको योगदान दिएका थिए ।

गेंदबाजीतर्फ सनराइजर्स हैदराबादका प्याट कमिन्स सबैभन्दा सफल रहे । उनले ४ ओभरमा २८ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका छन् । साकिब हुसेनले २ विकेट हात पारे भने ईशान मलिङ्गा र प्रफुल हिङ्गेले १–१ विकेट लिएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : ११ बजे

हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

अल मुकल्ला – यमनमा हुथी मिसाइल र ड्रोन आक्रमणमा बिहीबार

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई