आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य « Khabarhub

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद आमनेसामने भएका छन् ।

चेन्नईस्थित चेपक मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८० रन बनाएको छ। यससँगै सनराइजर्स हैदराबादलाई जितका लागि १८१ रनको लक्ष्य प्राप्त भएको छ ।

जवाफी ब्याटिङ सुरु गरेको हैदराबादले १ ओभरको समाप्तिसम्म बिना विकेट क्षति १५ रन बनाइसकेको छ। टोलीका लागि अभिषेक शर्मा र ट्राभिस हेड क्रिजमा रहेका छन् ।

चेन्नईको ब्याटिङमा सुरुवात बलियो देखिएको थियो । सञ्जु स्यामसनले केवल १३ बलमा २७ रनको आक्रामक पारी खेले । त्यसपछि कार्तिक शर्माले १९ बलमा ३२ रन बनाए भने डेवाल्ड ब्रेविसले २७ बलमा ४४ रन जोड्दै पारीलाई सम्हाले । अन्त्यतिर शिवम दुबेले २६ रनको योगदान दिएका थिए ।

गेंदबाजीतर्फ सनराइजर्स हैदराबादका प्याट कमिन्स सबैभन्दा सफल रहे । उनले ४ ओभरमा २८ रन दिएर ३ महत्वपूर्ण विकेट लिएका छन् । साकिब हुसेनले २ विकेट हात पारे भने ईशान मलिङ्गा र प्रफुल हिङ्गेले १–१ विकेट लिएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १० : ११ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको