कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके « Khabarhub

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) सँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो ।

खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बलमाथि बलियो पकड बनाएको पोर्चुगलले सुरुवाती समयमा कंगोलाई पूर्ण दबाबमा राखे पनि त्यसपछि भने लय गुमाउन पुग्यो । पोर्चुगलका अग्रपंक्तिका खेलाडीले कंगोका गोलरक्षक म्पासीलाई थप चुनौती दिन सकेनन् ।

पोर्चुगलका कप्तान तथा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि भने यो खेल बिर्सनलायक रह्यो ।

अघिल्लो दिन मात्रै उनका व्यावसायिक प्रतिद्वन्द्वी लियोनेल मेस्सीले ह्याट्रिक गरेको हुनाले रोनाल्डो आजको खेलमा गोल गर्न निकै आतुर देखिएका थिए । तर, अल–नासरका यी फरवार्डले गोलका केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् । खेलका क्रममा उनी कतिपय अवस्थामा दिशाहीन त कतिपय अवस्थामा सुस्त देखिएका थिए ।

नाइजेरियाविरुद्धको अन्तिम मैत्रीपूर्ण खेलमा पनि धेरै अवसर गुमाएका रोनाल्डोलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले सुरुवाती-११ मै मैदान उतारेका थिए । तर, रोनाल्डो लगातार गोल गर्न असफल भइरहेका कारण प्रशिक्षक मार्टिनेजमाथि अब टोली छनोटलाई लिएर दबाब बढ्ने देखिएको छ ।

यता, आन्तरिक समस्या र विवादका बीच विश्वकपको मञ्चमा फर्किएको डीआर कंगोले भने उत्कृष्ट पुनरागमन गरेको छ । सुरुवाती दबाबलाई झेल्दै खेलमा फर्किएको कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

यो नतिजासँगै कंगोका खेलाडी र समर्थकले मैदानमै भव्य खुसीयाली मनाएका छन् भने पोर्चुगलका लागि आगामी खेल चुनौतीपूर्ण बनेका छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ५ : ३६ बजे

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न