कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके « Khabarhub

कंगोसँग पोर्चुगलको बराबरी: रोनाल्डो गोल गर्न चुके


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) सँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो ।

खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बलमाथि बलियो पकड बनाएको पोर्चुगलले सुरुवाती समयमा कंगोलाई पूर्ण दबाबमा राखे पनि त्यसपछि भने लय गुमाउन पुग्यो । पोर्चुगलका अग्रपंक्तिका खेलाडीले कंगोका गोलरक्षक म्पासीलाई थप चुनौती दिन सकेनन् ।

पोर्चुगलका कप्तान तथा स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका लागि भने यो खेल बिर्सनलायक रह्यो ।

अघिल्लो दिन मात्रै उनका व्यावसायिक प्रतिद्वन्द्वी लियोनेल मेस्सीले ह्याट्रिक गरेको हुनाले रोनाल्डो आजको खेलमा गोल गर्न निकै आतुर देखिएका थिए । तर, अल–नासरका यी फरवार्डले गोलका केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् । खेलका क्रममा उनी कतिपय अवस्थामा दिशाहीन त कतिपय अवस्थामा सुस्त देखिएका थिए ।

नाइजेरियाविरुद्धको अन्तिम मैत्रीपूर्ण खेलमा पनि धेरै अवसर गुमाएका रोनाल्डोलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले सुरुवाती-११ मै मैदान उतारेका थिए । तर, रोनाल्डो लगातार गोल गर्न असफल भइरहेका कारण प्रशिक्षक मार्टिनेजमाथि अब टोली छनोटलाई लिएर दबाब बढ्ने देखिएको छ ।

यता, आन्तरिक समस्या र विवादका बीच विश्वकपको मञ्चमा फर्किएको डीआर कंगोले भने उत्कृष्ट पुनरागमन गरेको छ । सुरुवाती दबाबलाई झेल्दै खेलमा फर्किएको कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो ।

यो नतिजासँगै कंगोका खेलाडी र समर्थकले मैदानमै भव्य खुसीयाली मनाएका छन् भने पोर्चुगलका लागि आगामी खेल चुनौतीपूर्ण बनेका छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ५ : ३६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर