विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित « Khabarhub

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामामाथि १–० को संघर्षपूर्ण र रोमान्चक जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार सम्पन्न खेलको अन्तिम समयमा गोल गर्दै घानाले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

पहिलो हाफमा निकै फितलो प्रदर्शन गरेको घानाविरुद्ध पानामाले आक्रामक खेल पस्किएको थियो । थोमस क्रिस्टियान्सेनको प्रशिक्षणमा रहेको पानामाले पहिलो हाफमा खेल नियन्त्रणमा राख्दै गोलका राम्रा अवसर सिर्जना गरे पनि घानाको रक्षापंक्ति बाधक बनेको थियो ।

दोस्रो हाफमा भने कार्लोस क्विरोजको घाना टोलीले आफ्नो खेलमा व्यापक सुधार गर्‍यो । खेल बराबरी तर्फ धकेलिरहेका बेला इन्जुरी समयको पाँचौँ (९५ औँ) मिनेटमा क्यालेब यिरेन्कीले गोल गर्दै घानालाई महत्वपूर्ण ३ अंक दिलाए । ब्रान्डन थॉमस-असान्टे र एन्टोइन सेमेन्योको उत्कृष्ट पास र मुभलाई सदुपयोग गर्दै यिरेन्कीले बललाई जाली चुमाएका थिए । यो गोल विश्वकपको इतिहासमा घानाले सबैभन्दा ढिलो समयमा गरेको गोल बनेको छ ।

यो जितसँगै घाना समूह ‘एल’ मा ३ अंक जोड्दै अघिल्लो खेलमा क्रोएसियालाई ४-२ ले हराएको इङ्गल्यान्डसँगै शीर्ष स्थानमा उक्लिएको छ । खेलभरि उत्कृष्ट प्रदर्शन गरेर पनि अन्तिम मिनेटमा गोल बेहोरेको पानामाका लागि भने पहिलो अंक जोड्ने प्रतीक्षा अझै लम्बिएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ७ : ०२ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।