रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला « Khabarhub

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।

जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार त्यस महिनामा हराएकामध्ये ३० बालबालिका, ४८ महिला र ३० पुरुष रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार तीमध्ये १८ बालबालिका, २९ महिला र १४ पुरुष फेला परेका थिए  ।

यस्तै, अघिल्लो आर्थिक वर्षको पुस महिनादेखि खोजीको सूचीमा रहेका थप नौ जनालाई समेत पछिल्लो अवधिमा फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । परिवारको जिम्मा लगाइएकामा दुई बालिका, पाँच महिला र दुई पुरुष छन् ।

जिल्लामा बेपत्ताको खोजी तथा उद्धारलाई चुस्ततुस्त तुल्याउन थप प्रहरी परिचालन गरिएको र हराएका व्यक्तिको खोजी कार्य निरन्तर जारी रहेको सूचना अधिकारी चन्दले बताए ।
 

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ११ : ३२ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष