नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार « Khabarhub

नारायणी नदीमा हाम फालेका वृद्धको सकुशल उद्धार


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनक प्रसाद पौडेल आज बिहान उक्त नदीमा हाम फालेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट  खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । 

उद्धार पश्चात् उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको डिएसपी शैलेन्द्र थापाले बताएका छन् । उनको अवस्था अहिले सामान्य रहेको छ । 

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदीकोबीच भागमा अड्किएका एक जनाको असार ४ गते सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ वर्षीय संजिव विकलाई उक्त नदीले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदीको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो । 

उद्धार पश्चात् उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 
 

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ११ : ५० बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष