प्रतिनिधिसभा बैठक जारी, विनियोजन विधेयक पारित गर्ने कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक जारी, विनियोजन विधेयक पारित गर्ने कार्यसूची


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले विनियोजन विधेयक, २०८३ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । 

आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा तथा खेलकुद, विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ र परराष्ट्र मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ । 

यस्तै अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिनेछन् । 

बैठकमा सभामुख अर्यालले विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमा २० जना सांसदहरूले राखेको खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

बैठकमा सांसदहरू कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदाकुमारी बराल, गुरुप्रसाद बराल, मोहमद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया विक, यज्ञबहादुर बोगटी, ऐनबहादुर महर, पुष्पराज कँडेल र पद्माकुमारी अर्यालले खर्च कटौतीको प्रस्ताव राख्नेछन् । 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ११ : ५३ बजे

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।