कांग्रेस सांसद केरुङको प्रश्न: ‘अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको कुरा के हो ?’ « Khabarhub

कांग्रेस सांसद केरुङको प्रश्न: ‘अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको कुरा के हो ?’


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषय बाहिर आएको सन्दर्भमा सत्यतथ्य छानबिन गर्न उनले माग गरेका छन्।

सो आरोपबारे प्रधानमन्त्री स्वयं संसद्‍मा उपस्थित भएर सदनलाई जानकारी गराउन उनले माग गरे।

उनले भने, “संवैधानिक निकायका प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, प्रधानमन्त्री कार्यालयको कोठाभित्रै पदाधिकारीलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। यसको सत्यतथ्य छानबिन गर्नका लागि संसदीय छानबिन समितिको गठन गर्नुपर्दछ।”

गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीले कसरी सफाइ पाए भन्ने जानकारी गराउन माग गरे।

उनले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १२ : ०७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्