कांग्रेस सांसद केरुङको प्रश्न: ‘अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको कुरा के हो ?’ « Khabarhub

कांग्रेस सांसद केरुङको प्रश्न: ‘अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेको कुरा के हो ?’


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई दबाब दिएर पक्राउ पुर्जी जारी गराउन खोजिएको भनिएको विषय बाहिर आएको सन्दर्भमा सत्यतथ्य छानबिन गर्न उनले माग गरेका छन्।

सो आरोपबारे प्रधानमन्त्री स्वयं संसद्‍मा उपस्थित भएर सदनलाई जानकारी गराउन उनले माग गरे।

उनले भने, “संवैधानिक निकायका प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने, प्रधानमन्त्री कार्यालयको कोठाभित्रै पदाधिकारीलाई थुन्ने धम्कीका साथमा पक्राउ पुर्जी जारी भएको कुरा बाहिर आएको छ। यसको सत्यतथ्य छानबिन गर्नका लागि संसदीय छानबिन समितिको गठन गर्नुपर्दछ।”

गृहमन्त्री सुधन गुरुङमाथि भएको छानबिन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गृहमन्त्रीले कसरी सफाइ पाए भन्ने जानकारी गराउन माग गरे।

उनले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १२ : ०७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर