अमेरिका-इरान सम्झौता : लेबनानमा सैन्य कारबाही अन्त्य गर्ने सहमति « Khabarhub

अमेरिका-इरान सम्झौता : लेबनानमा सैन्य कारबाही अन्त्य गर्ने सहमति


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इरानबीच भएको नयाँ सम्झौतामा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने व्यवस्था समावेश गरिएको छ। 

सम्झौताको पहिलो बुँदामै अमेरिका र उसका सहयोगीहरूले सबै युद्ध मोर्चामा सैन्य गतिविधि अन्त्य भएको घोषणा गर्ने उल्लेख गरिएको छ।

लेबननमा इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि जारी तनाव तथा युद्धविराम उल्लङ्घनका आरोप–प्रत्यारोपका कारण यो विषय विवादको केन्द्रमा रहँदै आएको थियो।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले इजरायलले लेबनानमाथि आक्रमण जारी राखे सम्झौताको उल्लङ्घन मानिने बताएका छन्। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उनले लेबनानमा इजरायली सेनाको निरन्तर उपस्थिति पनि युद्ध अन्त्यसम्बन्धी सम्झौताविपरीत हुने बताएका छन्।

यसैबीच, इजरायली सेनाले बुधबार दक्षिणी लेबननमा नयाँ हवाई आक्रमण गरेको थियो। इजरायली सेनाले बिहीबार दक्षिणी लेबननमा भएको एक घटनामा घाइते भएका आफ्ना एक सैनिकको मृत्यु भएको जनाएको छ।

फ्रान्समा जारी जी–७ शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा शान्ति स्थापना अझै काम गर्नुपर्ने विषय भएको बताए। उनले इरानसँग भएको सम्झौतालाई भने ‘मुख्य उपलब्धि’ का रूपमा वर्णन गरे।

अहिलेसम्म इजरायली सरकारले अमेरिका–इरान सम्झौतामा सार्वजनिक प्रतिक्रिया जनाएको छैन।

गत मार्च २ मा हिजबुल्लाहले इरानका सर्वोच्च नेताको हत्याको प्रतिशोधस्वरूप भन्दै इजरायलतर्फ रकेट प्रहार गरेपछि लेबनान युद्धमा तानिएको थियो। त्यसपछि इजरायलले लेबननभर व्यापक हवाई आक्रमण सुरु गर्नुका साथै दक्षिणी क्षेत्रमा स्थल सैन्य कारबाही पनि सञ्चालन गरेको थियो।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १२ : ४७ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा