अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री « Khabarhub

अवरुद्ध सडक तुरुन्तै खुलाउने व्यवस्था गरेका छाैँ : गृहमन्त्री


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भइसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरू खटाइसकेको जानकारी दिए ।

त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढी प्रभावकारी रुपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उनले बताए । उनले जनताको सुरक्षाको लागि चाहिँ आवश्यक परे हेलिकप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिए ।

उनले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्नेगरी आवश्यक पूर्वाधारको समेत व्यवस्था भइसकेको उल्लेख गरे ।

मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पनि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरी निर्मम हुन निर्देश गरिएको बताए ।

त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले मनसुन पूर्व तयारीको बारेमा छलफल भएको जानकारी दिए । उनले यसवर्ष सरदर भन्दा कम वर्षा हुने र वर्षा भए एकै ठाउँमा धेरै वर्षा हुने अनुमान गरिएकाले त्यसै अनुसार तयारी भएको बताए ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले निर्देशन दिएको कोइराले जानकारी दिए । 

प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्‍बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १ : ०७ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष