३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू) « Khabarhub

३० वर्षपछि दोलखा फर्किए चोरी भएका आकाश भैरवका ऐतिहासिक मुकुन्डो (तस्बिरहरू)


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुन्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन् । राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुन्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुन्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा रहेको तथ्य सार्वजनिक भएपछि फिर्ता ल्याउने अभियान सुरु भएको थियो।

सम्पदा संरक्षण अभियन्ता अनिलचन्द्र श्रेष्ठले वि.सं. २०७४ मा इन्द्रजात्राको अवसरमा सामाजिक सञ्जालमा पुराना तस्बिर सार्वजनिक गरेपछि हराएको सम्पदाबारे पुनः चर्चा सुरु भएको थियो । त्यसपछि विभिन्न प्रमाण संकलन, अनुसन्धान र ‘लस्ट आर्ट्स अफ नेपाल’ को सहयोगमा मुकुन्डो अमेरिकाका संग्रहालयमा रहेको पुष्टि भएको थियो ।

मूर्ति चोरीसम्बन्धी पुराना अभिलेख, प्रहरीमा दर्ता भएका जाहेरी तथा ऐतिहासिक तस्बिरहरू संकलन गरी नेपाल सम्पदा संरक्षण अभियानमार्फत पुरातत्त्व विभागमा आधिकारिक प्रक्रिया अघि बढाइएको थियो । त्यसपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेन, पुरातत्त्व विभाग र अमेरिकी निकायबीचको समन्वयमा कानुनी प्रक्रिया अघि बढाइएको थियो ।

न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले आवश्यक प्रमाणका आधारमा दुवै संग्रहालयबाट मुकुन्डो जफत गरी वि.सं. २०८० मंसिर १८ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो ।

‘नेवा: गुठी न्यूयोर्क’ को सहयोगमा ती मुकुन्डो नेपाल ल्याइएका थिए। त्यसपछि राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा संरक्षण तथा प्रदर्शनका लागि राखिएको थियो।

बुधबार आयोजित कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूले पूजा–आराधना गरेपछि मुकुन्डो समुदायलाई पुनः स्थापनाका लागि हस्तान्तरण गरिएको हो। अब उक्त सम्पदा दोलखास्थित आफ्नो मौलिक स्थानमा पुनः स्थापना गरिने जनाइएको छ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १ : २२ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि