मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित  « Khabarhub

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै गएका छन् । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो एक साताको  निगरानी बुलेटिनअनुसार देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ८१५ बिरामी दर्ता भएका छन् ।

महाशाखाका अनुसार उक्त अवधिमा तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी सबैभन्दा बढी भेटिएका छन् । एक सातामै ८६१ जना झाडापखालाबाट प्रभावित भएका छन् । त्यसपछि इन्फ्लुएन्जा जस्तो लक्षण देखिने रोग (इन्फ्लुएन्जा लाइक इलनेस) का ४४२ जना तथा गम्भीर श्वासप्रश्वास संक्रमण (सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन) का ४१३ जना बिरामी रिपोर्ट भएका छन् ।

बुलेटिनअनुसार डेंगुका ५५, र्‍याससहितको ज्वरोका १६, स्क्रब टाइफसका ११, इन्फ्लुएन्जाका ७, पीलियासहितको ज्वरोका ६ तथा कालाजारका ४ बिरामी फेला परेका छन् । झाडापखालाका बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४६५ जना दर्ता भएका छन् । लुम्बिनीमा १२७, मधेशमा ७३, सुदूरपश्चिममा ६८, गण्डकीमा ५९, कोशीमा ४२ र कर्णालीमा २७ जना बिरामी भेटिएका छन् ।

त्यस्तै, इन्फ्लुएन्जा जस्तो लक्षण भएका बिरामीमध्ये सुदूरपश्चिम प्रदेशमा २२२ जना फेला परेका छन्, जुन सबैभन्दा धेरै हो । बागमतीमा ११७, कोशीमा २८, लुम्बिनीमा २५, कर्णालीमा २४, गण्डकीमा १४ र मधेशमा १२ जना बिरामी रिपोर्ट भएका छन् । डेंगु संक्रमण पनि निरन्तर देखिइरहेको छ । साताभरि ५५ डेंगु संक्रमित भेटिएकामध्ये कोशी प्रदेशमा १७, लुम्बिनीमा १५, बागमतीमा १०, गण्डकीमा ६, मधेशमा ४ र सुदूरपश्चिममा ३ जना रहेका छन् । कर्णाली प्रदेशमा भने डेंगुको कुनै बिरामी रिपोर्ट भएको छैन ।

महाशाखाको तथ्यांकले वर्षायाम सुरु भएसँगै पानीजन्य तथा सरुवा रोगको जोखिम बढिरहेको संकेत गरेको छ। विशेषगरी झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण र डेंगुका घटना निरन्तर देखिएकाले सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र लामखुट्टेको नियन्त्रणमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

महाशाखाले कुनै पनि असामान्य जनस्वास्थ्य घटना, एकैपटक धेरै व्यक्ति बिरामी परेको अवस्था वा पशुपन्छीमा अस्वाभाविक रोग तथा मृत्यु देखिएमा निःशुल्क हेल्लो स्वास्थ्य १११५ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  २ : १४ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा