मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित  « Khabarhub

मौसमजन्य सङ्क्रामक रोगका बिरामी बढ्दै, एक सातामा १८ सय बढि सङ्क्रमित 


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षायाम सुरु भएसँगै देशभर मौसमजन्य सङ्क्रामक रोगका बिरामीहरू पनि बढ्दै गएका छन् । 

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) ले सार्वजनिक गरेको पछिल्लो एक साताको  निगरानी बुलेटिनअनुसार देशभर विभिन्न सरुवा रोग तथा स्वास्थ्य समस्याका १ हजार ८१५ बिरामी दर्ता भएका छन् ।

महाशाखाका अनुसार उक्त अवधिमा तीव्र झाडापखाला (एक्युट ग्यास्ट्रोएन्टराइटिस) का बिरामी सबैभन्दा बढी भेटिएका छन् । एक सातामै ८६१ जना झाडापखालाबाट प्रभावित भएका छन् । त्यसपछि इन्फ्लुएन्जा जस्तो लक्षण देखिने रोग (इन्फ्लुएन्जा लाइक इलनेस) का ४४२ जना तथा गम्भीर श्वासप्रश्वास संक्रमण (सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन) का ४१३ जना बिरामी रिपोर्ट भएका छन् ।

बुलेटिनअनुसार डेंगुका ५५, र्‍याससहितको ज्वरोका १६, स्क्रब टाइफसका ११, इन्फ्लुएन्जाका ७, पीलियासहितको ज्वरोका ६ तथा कालाजारका ४ बिरामी फेला परेका छन् । झाडापखालाका बिरामीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ४६५ जना दर्ता भएका छन् । लुम्बिनीमा १२७, मधेशमा ७३, सुदूरपश्चिममा ६८, गण्डकीमा ५९, कोशीमा ४२ र कर्णालीमा २७ जना बिरामी भेटिएका छन् ।

त्यस्तै, इन्फ्लुएन्जा जस्तो लक्षण भएका बिरामीमध्ये सुदूरपश्चिम प्रदेशमा २२२ जना फेला परेका छन्, जुन सबैभन्दा धेरै हो । बागमतीमा ११७, कोशीमा २८, लुम्बिनीमा २५, कर्णालीमा २४, गण्डकीमा १४ र मधेशमा १२ जना बिरामी रिपोर्ट भएका छन् । डेंगु संक्रमण पनि निरन्तर देखिइरहेको छ । साताभरि ५५ डेंगु संक्रमित भेटिएकामध्ये कोशी प्रदेशमा १७, लुम्बिनीमा १५, बागमतीमा १०, गण्डकीमा ६, मधेशमा ४ र सुदूरपश्चिममा ३ जना रहेका छन् । कर्णाली प्रदेशमा भने डेंगुको कुनै बिरामी रिपोर्ट भएको छैन ।

महाशाखाको तथ्यांकले वर्षायाम सुरु भएसँगै पानीजन्य तथा सरुवा रोगको जोखिम बढिरहेको संकेत गरेको छ। विशेषगरी झाडापखाला, श्वासप्रश्वाससम्बन्धी संक्रमण र डेंगुका घटना निरन्तर देखिएकाले सरसफाइ, सुरक्षित खानेपानीको प्रयोग र लामखुट्टेको नियन्त्रणमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

महाशाखाले कुनै पनि असामान्य जनस्वास्थ्य घटना, एकैपटक धेरै व्यक्ति बिरामी परेको अवस्था वा पशुपन्छीमा अस्वाभाविक रोग तथा मृत्यु देखिएमा निःशुल्क हेल्लो स्वास्थ्य १११५ मा जानकारी गराउन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  २ : १४ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६