निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे « Khabarhub

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले  बढेको छ ।  

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।  

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक  पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । 

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जिपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जिप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् । 

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावर र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।  

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  २ : १८ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा