निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे « Khabarhub

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– सरकारले सातामा दुईदिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या झन्डै दोब्बरले  बढेको छ ।  

गत चैत २३ गतेको सरकारको निर्णय पछि निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेखनीय रुपमा बढेको निकुञ्जका सूचना अधिकारी अविनाश थापाले जानकारी दिए ।  

गत वर्षको आजकै मितिमा ३१ हजार ५७७ जना आन्तरिक  पर्यटकले निकुन्ज भ्रमण गरेका थिए भने चालु आर्थिक वर्षको जेठ मसान्तमा ४८ हजार ५९८ जनाले निकुञ्ज भ्रमण गरेका छन् । 

निकुञ्ज प्रवेशका लागि आठ वटा नाकाबाट पर्यटक आउने गर्छन् । नाकामा ७२ वटा जिपले निकुञ्ज प्रवेशका लागि अनुमति लिएका छन् । यहाँ जिप सफारी सहित पैदल यात्राका लागि पर्यटक आउने गर्दछन् । 

निकुञ्जमा एकसिङ्गे गैँडा, बाघ, भालु, चितुवा, घडियाल गोहीलगायतका जनावर र चराचुरुङ्गी हेर्न आन्तरिक पर्यटक आउने गर्छन् ।  

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  २ : १८ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष