प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने « Khabarhub

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा उठ्ने प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयक (बजेट) माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। तर प्रधानमन्त्री अनुपस्थित रहने र सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ अर्थमन्त्रीले नै दिने तयारी गरिएको बताइएको छ।

प्रधानमन्त्रीले कार्यविधिअनुसार आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्रीलाई जिम्मेवारी दिएका हुन्। अर्थमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नसँगै अन्य मन्त्रालयका विषयमा समेत आजै जवाफ दिने कार्यसूची छ।

यसअघि पनि प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीमार्फत नै दिने गरेका थिए।

जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि उत्पन्न विवादपछि उनी त्यसयता संसद् बैठकमा उपस्थित भएका छैनन्। त्यसयता विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा आएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  २ : २७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर