प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने « Khabarhub

प्रधानमन्त्री सदनमा नआउने, सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ अर्थमन्त्रीले दिने


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा आज उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठकमा उठ्ने प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने छन् ।

आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयक (बजेट) माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। तर प्रधानमन्त्री अनुपस्थित रहने र सबै मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ अर्थमन्त्रीले नै दिने तयारी गरिएको बताइएको छ।

प्रधानमन्त्रीले कार्यविधिअनुसार आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्रीलाई जिम्मेवारी दिएका हुन्। अर्थमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नसँगै अन्य मन्त्रालयका विषयमा समेत आजै जवाफ दिने कार्यसूची छ।

यसअघि पनि प्रधानमन्त्रीले संसद्‍मा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीमार्फत नै दिने गरेका थिए।

जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि उत्पन्न विवादपछि उनी त्यसयता संसद् बैठकमा उपस्थित भएका छैनन्। त्यसयता विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा आएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  २ : २७ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा