राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’ « Khabarhub

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको छ।

अख्तियारले म्याद तामेल गरेपछि  उनले आयोगलाई विदेशबाटै ईमेलमार्फत त्यसको जवाफ पठाएकी छन्।

डा. राणाको नामबाट आयोगको ईमेलमा पत्र आएको हो। ईमेलमा आफू उपचारका लागि विदेशमा रहेकाले तत्काल आउन नसक्ने भनिएको छ।

‘अनुसन्धानमा सहयोग गर्न तयार छु । स्वास्थ्योपचारका कारण तत्काल उपस्थित हुन सक्दिनँ’, उनले पत्रमा भनेकी छन्  ।

राहदानी खरिद प्रकरणको अनुसन्धान अघि बढेपछि अख्तियारले डा. राणाको निवासमा म्याद तामेल गर्दै बाटोको म्यादबाहेक तीन दिनभित्र उपस्थित हुन भनेको थियो।

उनका पति एवम्  पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि सिंगापुर हुँदै अहिले हङकङमा रहेको बताइन्छ। विद्युतीय राहदानी खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणाको लिखित निर्देशन वा प्रत्यक्ष संलग्न भएर गरेको कुनै निर्णय आयोगले भेटेको छैन। 

राहदानी विभागका महानिर्देशकको तहबाट हुने खरिद प्रक्रियामा माथिल्लो तहका अधिकारीहरूको संलग्नता पुष्टि हुने आधार पनि अख्तियारले भेट्न सकेको छैन । 

राहदानी छपाईको ठेक्का डिजाइन, प्याकेज निर्माण र ठेकेदार कम्पनीबीच समन्वयमा आरजु र छोरा जयवीर पनि संलग्न रहेको जिकिरसहित उजुरी परेपछि छानबिन गरिएको हो । 

अख्तियारका अनुसार राहदानीको ठेक्का प्रक्रिया अघि बढ्नुअघि जयवीर, राष्ट्रपति रामचन्द्र पौडेलका तत्कालीन राजनीतिक सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापा र राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालबीच भेटघाट भएको विवरण पाइएको छ

अख्तियार, संसदीय समितिहरू । अन्य निकायमा आएका उजुरीहरूमा टेन्डरको प्राविधिक मूल्यांकनमै प्रक्रिया मिचिएको आरोप छ। टेन्डर कागजातमा ब्लेड सर्भर अनिवार्य राख्नुपर्ने व्यवस्था छ। तर छनोट भएका कम्पनीले र्याक सर्भर राख्न प्रस्ताव गरेका थिए।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ३ : ४९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी