बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था « Khabarhub

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र पारदर्शीतालाई थप कडाइ गर्दै सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र ठूला संस्थापक शेयरधनीहरूको व्यक्तिगत तथा वित्तीय पृष्ठभूमि अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूका लागि जारी गरिएको ‘एकीकृत निर्देशन, २०८२’ मा संशोधन र परिमार्जन गर्दै यस्तो नयाँ प्रावधान ल्याएको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको हो ।

उच्च ओहोदाका अधिकारीका लागि कडा प्रावधान

नयाँ व्यवस्था अनुसार बैंकको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकीय तहमा नियुक्ति वा मनोनयन गर्दा सम्बन्धित व्यक्तिले विस्तृत विवरण र स्वघोषणा पेस गर्नुपर्नेछ । 

जसमा पारिवारिक र व्यक्तिगत विवरणः सम्बन्धित व्यक्तिको पारिवारिक पृष्ठभूमि र व्यक्तिगत जानकारी, कानुनी र फौजदारी पृष्ठभूमिः नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए/नभएको, मुद्दा मामिला वा अनुसन्धान प्रक्रियामा रहे/नरहेको र अदालतको फैसला बमोजिम सरकारी बाँकी बक्यौता रहे/नरहेको स्वघोषणा गर्नुपर्ने छ । 

त्यस्तै, कर्जा सूचना केन्द्रको कालोसूचीमा परे/नपरेको विवरण र वित्तीय आचरण सम्बन्धी जानकारी, नेपाली नागरिक भए नेपाल बाहिर कुनै सम्पत्ति रहे/नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी भए/नभएको विवरण र संस्थासँग हुन सक्ने सम्भावित स्वार्थको द्वन्द्व सम्बन्धी विवरण बुझाउनेपर्ने छ ।

राष्ट्र बैंकले संस्थापक सेयर खरिद वा नामसारी गर्दा पनि कडाइ गरेको छ । चुक्ता पुँजीको ५ प्रतिशत वा २५ लाख रुपैयाँभन्दा बढी संस्थापक सेयर खरिद गर्ने वास्तविक धनी वा हितकारी व्यक्तिले पनि सञ्चालकहरूले सरह नै विस्तृत विवरण बुझाउनुपर्नेछ । 

यदि शेयरधनी कुनै संस्था भएमा, सो संस्थामा १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका वास्तविक धनीको विवरण समेत अनिवार्य गरिएको छ ।

यो निर्देशन जारी हुनुभन्दा अघि नै पदमा बहाल रहेका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकहरूले पनि तोकिएको विवरण राष्ट्र बैंक समक्ष पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, पेस गरिएको विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी समेत अद्यावधिक गरी बैंकमा बुझाउनुपर्नेछ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ६ : १२ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना