विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता « Khabarhub

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू सकिएका छन् । यस चरणमा १५ टोलीले जित दर्ता गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएका छन् भने १५ टोलीले हारको सामना गर्दै सुरुवाती दबाब झेलेका छन् । त्यस्तै, बाँकी १८ टोलीले भने बराबरी खेल्दै समान १–१ अंक बाँडेका छन् ।

समूहगत नतिजा हेर्दा समूह ‘ए’ मा मेक्सिको र साउथ कोरियाले विजयी सुरुवात गरेका छन् भने चेक रिपब्लिक र साउथ अफ्रिका पराजित भएका छन् । आयोजकमध्येको एक अमेरिका र अस्ट्रेलियाले समूह ‘डी’ मा जित निकाल्दा टर्की र पराग्वेले हार बेहोरेका छन् । समूह ‘ई’ मा जर्मनी र आइभोरी कोष्ट विजयी बन्दा इक्वेडर र कुरासाओ अंकविहीन छन् ।

त्यस्तै, समूह ‘आई’ मा नर्वे र फ्रान्सले सुखद सुरुआत गर्दा सेनेगल र इराक स्तब्ध बन्न पुगेका छन् । समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अस्ट्रियाले जित निकाल्दा अल्जेरिया र जोर्डन हार भोग्न बाध्य भए भने समूह ‘एल’ मा इंल्याण्ड र घानाले विजयी सुरुवात गर्दा पानामा र क्रएसिया अंकविहीन बनेका छन् ।

केही समूहहरूमा भने निकै प्रतिस्पर्धात्मक र सन्तुलित खेलहरू देखिएका छन् । समूह ‘बी’ का स्वीट्जरल्याण्ड, क्यानडा, कतार र बोस्निया एण्ड हर्जगोभिना, समूह ‘जी’ का न्युजिल्याण्ड, इरान, बेल्जियम र इजिप्ट तथा समूह ‘एच’ का स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डेका सबै खेलहरू बराबरीमा सकिएका छन्, जसका कारण यी समूहका सबै टोलीले समान १–१ अंक बाँडेका छन्।

यसैगरी, समूह ‘सी’ मा स्कटल्याण्ड विजयी हुँदा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् भने हैटी पराजित भएको छ । समूह ‘एफ’ मा स्वीडेनले जित निकाल्दा जापान र नेदरल्याण्ड्सले अंक बाँडेका छन् भने ट्युनिसियाले हार ब्यहोरेको छ ।

पहिलो राउण्डका खेल सकिँदासम्म अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले सर्वाधिक गोलकर्ताको सूचीमा आफूलाई शीर्ष स्थानमा उभ्याएका छन् । अल्जेरियाविरुद्धको खेलमा उत्कृष्ट ह्याट्रिक गर्दै उनले आफ्नो खातामा ३ गोल जोडिसकेका छन् । उनी जारी विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

मेस्सीलाई पछ्याउने क्रममा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे र इङ्गल्याण्डका कप्तान ह्यारी केनले २–२ गोल गरेका छन् । त्यस्तै,नर्वेका युवा खेलाडी अर्लिङ हालान्डले पनि डेब्यु खेलमै २ गोल गर्दै आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।

त्यसैगरी, जर्मनीका काई हाभर्ट्ज, न्यूजील्याण्डका एलिया जस्ट, स्वीडेनका यासिन अयारी र अमेरिकाका फोलारिन बालोगुनले पनि पहिलो राउण्डमै दुई गोल गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ५ : ०५ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा