एमालेको ‘मिसन पार्टी जागरण २०८३’ देशभर सुरु « Khabarhub

एमालेको ‘मिसन पार्टी जागरण २०८३’ देशभर सुरु


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) लाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्यका साथ ‘मिसन पार्टी जागरण २०८३’ विशेष अभियान देशव्यापी रूपमा सुरु भएको छ । 

यो महत्त्वपूर्ण अभियानको औपचारिक शुभारम्भ असार ४ गते विराटनगरबाट भएको छ भने भोलि असार ५ गते लुम्बिनीमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम आयोजना गरिएको छ । 

वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै आम कार्यकर्तामा नयाँ ऊर्जा भर्न र जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्न एमालेले यो राष्ट्रिय अभियान थालेको हो ।

​पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई आत्मसाथ गर्दै यो अभियान वडा र टोल सतहसम्मै उत्साहका साथ सञ्चालन गरिनेछ। अभियानका क्रममा एमालेले विगतमा अघि सारेको प्रख्यात “६-ज” को नीतिलाई भुइँतहसम्मै प्रभावकारी ढंगले लागू गर्ने रणनीति लिएको छ, जसमा:
१. जनतामा जाऔँ,
२. जनताका कुरा सुनौँ,
३. जनप्रिय बनौँ,
४. जनसंगठन परिचालन गरौँ,
५. जबज अध्ययन र आत्मसाथ गरौँ, र
६. योग्य एवं सक्षम नेतृत्व तयार गरौँ भन्ने संकल्पहरू समेटिएका छन्।

अभियानलाई व्यवस्थित र परिणाममुखी बनाउन यतिबेला विभिन्न प्रदेश कमिटीहरूले केन्द्रीय प्रतिनिधिहरूको कार्यविभाजन र अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । हरेक पालिकाको वडा तहमा केन्द्रित हुने यस अभियानले पार्टी संगठनलाई चुस्त, गतिशील र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ ।

​विशेष गरी, यस पटक एमालेले नेतृत्वमा युवा पुस्तालाई विशेष प्राथमिकता दिँदै ३५ वर्षमुनिका युवालाई वडा कमिटी र ४० वर्षमुनिका युवालाई पालिका कमिटीको नेतृत्वमा अघि बढाउने आँटिलो र दूरगामी नीति अघि सारेको छ । 

उद्यमशीलता र डिजिटल सहभागितासहित गाउँ-गाउँ पुग्ने यो जागरण अभियानले कार्यकर्तामा रहेको निराशा चिर्दै आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्ने बलियो आधार तयार गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ७ : २२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर