अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने « Khabarhub

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न ‘प्रारम्भिक वार्ता’ शुक्रबार बर्नस्थित ‘स्विस रिसोर्ट कम्प्लेक्स’मा हुने योजना रहेको स्विट्जरल्यान्डले बिहीबार पुष्टि गरेको छ ।

स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौताको कार्यान्वयनका लागि ‘प्रारम्भिक वार्ता’ गर्न संयुक्त राज्य अमेरिका र इरानका साथै मध्यस्थकर्ताहरू पाकिस्तान, कतार र अन्य सम्बन्धित देशहरूले भोलि बर्गनस्टकमा भेट्नेछन् ।’

यस घोषणाले मध्य स्विट्जरल्याण्डको लुसर्न नजिकै बर्गनस्टकस्थित लक्जरी होटल कम्प्लेक्समा हुने भनिएको बैठकको अनिश्चितताको पर्दा हटाएको छ । यो बैठक सुरुमा मङ्गलबार सोही स्थानमा हुने घोषणा गरिएको थियो ।

उक्त बैठकलाई अमेरिका र इरानबीच फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाबाट सुरु भएको क्षेत्रीय युद्ध अन्त्य गर्न सहमति भएको समझदारीपत्रमा हस्ताक्षर समारोहका रूपमा हेरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पेरिस नजिकै आयोजित एक रात्रिभोज कार्यक्रममा र इरानी राष्ट्रपति मसुद् पेजेस्कियानले तेहरानबाटै विद्युतीय प्रतिमा हस्ताक्षर गरेका थिए ।

स्वीट्जरल्याण्डमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको विस्तृत विवरण तयार पार्न छलफलमा भाग लिने अपेक्षा गरिएको थियो ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ८ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर