मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण « Khabarhub

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरेको छ । मौरीपालन व्यवसायलाई व्यवसायिक र आधुनिकीकरण गर्ने उद्देश्यले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाको उद्योग विकास शाखाद्वारा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत १० जना मौरीपालक किसानलाई आवश्यक आधुनिक प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा मौरीपालन व्यवसाय गर्दै आएका १० जनालाई मौरीपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन विभिन्न सामग्री वितरण गरिएको उद्योग विकास शाखा प्रमुख दीपेन्द्रबहादुर विष्टले जानकारी दिए ।

‘१० थान मुडे टोपी, १० जोडी पञ्जा, १० वटा ब्रस, ३० वटा क्विनगेट, १० वटा आधुनिक मौरी घार, २५० ग्रामका ३० थान मैनपाता, २० वटा मौरी झोला र ३० वटा रानी पिँजडा वितरण गरिएको छ’, उनले भने, ‘यस्ता सामग्रीले मौरीपालन व्यवसायलाई आधुनिक तथा व्यावसायिक बनाउन सहयोग पुग्ने छ ।’

गाउँपालिकाको उद्योग शाखाले उद्यमशीलता विकास र आयआर्जन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नरहरिनाथ गाउँपालिका–३ का वडाध्यक्ष कटकबहादुर बुढा बताए ।

‘मौरीपालन ग्रामीण क्षेत्रका लागि सम्भावना बोकेको व्यवसाय भएकाले प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा आम्दानी बढाउन सकिनेछ’, उनले भने, ‘गाउँपालिका मौरीपालनका लागि उपयुक्त क्षेत्र पनि हो । त्यसैले मौरीपालन व्यवसायका लागि प्रवर्द्धन गर्दै आएका छौँ ।’

आधुनिक मौरी घार तथा अन्य आवश्यक सामग्री प्राप्त हुँदा व्यवसाय सञ्चालनमा सहजता आउने मौरीपालक किसान धना बटालाले बताए । उनले गाउँपालिकाले उपलब्ध गराएको सहयोगले मौरीपालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ८ : ३६ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर