मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण « Khabarhub

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरेको छ । मौरीपालन व्यवसायलाई व्यवसायिक र आधुनिकीकरण गर्ने उद्देश्यले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री वितरण गरिएको हो ।

गाउँपालिकाको उद्योग विकास शाखाद्वारा सञ्चालित ‘गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम’ अन्तर्गत १० जना मौरीपालक किसानलाई आवश्यक आधुनिक प्रविधि तथा सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा मौरीपालन व्यवसाय गर्दै आएका १० जनालाई मौरीपालन व्यवसायलाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन विभिन्न सामग्री वितरण गरिएको उद्योग विकास शाखा प्रमुख दीपेन्द्रबहादुर विष्टले जानकारी दिए ।

‘१० थान मुडे टोपी, १० जोडी पञ्जा, १० वटा ब्रस, ३० वटा क्विनगेट, १० वटा आधुनिक मौरी घार, २५० ग्रामका ३० थान मैनपाता, २० वटा मौरी झोला र ३० वटा रानी पिँजडा वितरण गरिएको छ’, उनले भने, ‘यस्ता सामग्रीले मौरीपालन व्यवसायलाई आधुनिक तथा व्यावसायिक बनाउन सहयोग पुग्ने छ ।’

गाउँपालिकाको उद्योग शाखाले उद्यमशीलता विकास र आयआर्जन वृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको नरहरिनाथ गाउँपालिका–३ का वडाध्यक्ष कटकबहादुर बुढा बताए ।

‘मौरीपालन ग्रामीण क्षेत्रका लागि सम्भावना बोकेको व्यवसाय भएकाले प्राप्त सामग्रीको सदुपयोग गरी उत्पादन वृद्धि तथा आम्दानी बढाउन सकिनेछ’, उनले भने, ‘गाउँपालिका मौरीपालनका लागि उपयुक्त क्षेत्र पनि हो । त्यसैले मौरीपालन व्यवसायका लागि प्रवर्द्धन गर्दै आएका छौँ ।’

आधुनिक मौरी घार तथा अन्य आवश्यक सामग्री प्राप्त हुँदा व्यवसाय सञ्चालनमा सहजता आउने मौरीपालक किसान धना बटालाले बताए । उनले गाउँपालिकाले उपलब्ध गराएको सहयोगले मौरीपालन व्यवसाय विस्तार गर्न थप उत्साह मिलेको बताए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ८ : ३६ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा