विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च « Khabarhub

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो चरणका खेल सम्पन्न भएसँगै प्रतियोगिताले रोमाञ्चक सुरुआत गरेको छ । हालसम्म भएका २४ खेलमा ७५ गोल भएका छन्, जसले प्रति खेल ३.१२५ गोलको औसत कायम गरेको छ। यो सन् १९५८ यता समूह चरणको पहिलो खेलहरू सकिँदा देखिएको सबैभन्दा उच्च गोल औसत हो । प्रतियोगितामा प्रतिस्पर्धात्मकता पनि उत्तिकै देखिएको छ । २४ मध्ये ९ खेल बराबरीमा सकिएका छन्, जुन सन् २०१० यताको उच्च अनुपातमध्ये एक हो ।

खेलाडीहरूको व्यक्तिगत प्रदर्शनतर्फ हेर्दा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन सबैभन्दा बढी चर्चामा रहेका छन् । पहिलो खेलमा ६ वा सोभन्दा बढी प्रहार गर्ने खेलाडीमध्ये गोल गर्न सफल हुने यी दुई मात्र रहे । मेस्सीले ह्याट्रिक गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान बराबरी गरेका छन् । यता केनले दुई गोल गर्दै इङ्ग्ल्यान्डका लागि विश्वकपमा सर्वाधिक १० गोल गर्ने ग्यारी लिनेकरको कीर्तिमान बराबरी गरेका छन् ।

टर्कीका युवा स्टार आर्डा गुलरले प्रतियोगितामा सबैभन्दा धेरै आठ प्रहार गरेका छन् । तर उनका प्रहारबाट अपेक्षित गोल केवल ०.२६ मात्रै रहेको तथ्यांकले अधिकांश प्रयास कठिन अवस्थाबाट गरिएको देखाउँछ। अर्कोतर्फ दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले राम्रो अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् । उनले छ अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा पहिलो चरणका सबैभन्दा निराशाजनक फिनिसरमध्ये एक बने ।

जर्मनीका जोशुआ किमिचले भने आफ्नो टोलीको ठूलो जितमा महत्वपूर्ण भूमिका खेले। कुरासाओविरुद्ध ७–१ को जितमा उनले दुई असिस्ट प्रदान गर्दै उत्कृष्ट सिर्जनात्मक प्रदर्शन गरे। स्पेनका युवा मिडफिल्डर पेड्री पनि चर्चामा रहे। केप भर्डेविरुद्ध उनले सबैभन्दा धेरै अपेक्षित असिस्ट ९१।२३० सिर्जना गरे भने विपक्षी क्षेत्रको अन्तिम भागमा सबैभन्दा धेरै पटक बल कब्जा गर्न सफल भए।

आइभरी कोस्टका अमाद डियालोले सीमित समय मैदानमा बिताए पनि आफ्नो छाप छोडेका छन्। वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका उनले प्रतियोगिताकै उत्कृष्ट ड्रिब्लिङ प्रदर्शनमध्ये एक गर्दै सबैभन्दा सफल ड्रिब्लरको सूचीमा अग्रस्थान बनाएका छन्।

ब्राजिलका स्टार भिनिसियस जुनियरले मोरक्कोविरुद्ध गोल गरे पनि व्यक्तिगत तथ्यांकमा एउटा अनौठो रेकर्ड उनको नाममा रह्यो। उनले नौ पटक ड्रिब्लिङ प्रयास गरे तर एक पटक पनि सफल हुन सकेनन्। विश्वकप २०२६ मा हालसम्म कुनै खेलाडीले यति धेरै असफल ड्रिब्लिङ प्रयास गरेको देखिएको छैन।

यता बोस्निया–हर्जेगोभिनाका जोभो लुकिचले क्यानडाविरुद्ध हवाई द्वन्द्वमा प्रभुत्व जमाए। उनले गरेका सबै नौ एरियल ड्युअल जित्दै प्रतियोगिताको उत्कृष्ट व्यक्तिगत प्रदर्शनमध्ये एक प्रस्तुत गरे।

विश्वकप २०२६ को सुरुआती चरणले गोलको वर्षा, रोमाञ्चक प्रतिस्पर्धा र व्यक्तिगत कीर्तिमानहरूको संगम प्रस्तुत गरेको छ। पहिलो चरणपछि मेस्सी, केन, पेड्री र अमाद डियालोजस्ता खेलाडीहरूको प्रदर्शन विशेष चर्चामा रहँदा आगामी खेलहरूमा अझ ठूलो प्रतिस्पर्धा र नयाँ कीर्तिमानको अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ९ : १४ बजे

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्

राष्ट्रसंघमा प्रधानमन्त्रीको सहभागिताबारे रास्वपामै दुई मत, रविले वालेन्द्रसँग कुरा गर्ने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा जाने–नजाने विषयमा राष्ट्रिय