आज २०८३ साल साउन २ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई १८ तारिख। असार शुक्ल पक्षको चतुर्थी उपरान्त पन्चमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीको प्रभावले कामहरु बन्नेछन्। डुब्न लागेका धनहरु हात लाग्नेछन्। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले दुरगामी फाइदा हुनेछ। परिवार र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।

वृष : विदेशी रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए कार्य सहज हुनेछ। राजनीतिमा गरेको सहकार्यले संगठनमा पहुँच रहनेछ। स्वास्थ्यमा भने समस्या देखिन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

मिथुन : दिन राम्रो छ। आज उच्च पदका व्यक्तिसँग भएको भेटले मनमा उत्साह थपिनेछ। दीर्घकालीन योजना बन्नेछ। राज्यको माथिल्लो निकायबाट पनि तपाईंलाई साथ र सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। आज गरेको प्रयासबाट सम्पत्ति कमाउने बाटाहरु प्रशस्त भेटिनेछन्। बोल्दा ख्याल नगरे समस्या हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिंह : आज मानसम्मान प्राप्त हुनेछ । शिक्षामा गरेको लगानीले उत्साह दिनेछ। पारिवारिक समस्या हुनसक्छ। गोपनियता कायम गर्नु राम्रो हुनेछ। अभिभावक संस्थाबाट गरेको लगानीले लाभ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्।

कन्या : दिन सामान्य रहेको छ। बोल्दा ध्यान दिनुहोला। शिक्षामा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। शुभ कार्यको थालनी हुने दिन छ । परिवारमा घुमघाम तय हुनेछ। शिक्षामा गरेको प्रयासले नाम र दाम प्राप्त हुनेछन्। विपक्षी ठानेका व्यक्तिबाट नै सहयोग मिल्नेछ। मन प्रसन्न रहनेछ।

वृश्चिक : आज शुभ समाचार सुन्दा मन हर्षित हुनेछ । शिक्षामा गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिक क्षेत्रमा भने उच्च पदस्थ व्यक्तिसँगको भेटघाटले मनमा शान्ति मिल्नेछ।

धनु : दिन राम्रो रहेको छ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। विपक्षी आफूभन्दा बौद्धिक भएकाले थोरै बोलेर अघि बढ्नु राम्रो हुनेछ। परिवारको साथसहयोग मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। तर राजनीतिक क्षेत्रमा भने ठगहरु सक्रिय छन्। सम्पत्तिको पछि लाग्दा स्वास्थ्यमा समस्या आउन सक्छ।

कुम्भ : यात्रामा सहभागी हुने अवसर मिल्नेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । बोल्दा सचेत हुनुहोला।

मीन : आफ्नो मूल्याङ्कन आफैले गर्नुपर्ने दिन छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। शिक्षामा भन्दा वैदेशिक रोजगार र व्यापारमा आम्दानी हुनेछ। अग्रजको सल्लाह लिएर काम गर्नुहोला। पारिवारिक मेलमिलाप हुनेछ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ५ : ४९ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर