अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’ « Khabarhub

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप जित्दा सम्झिए भावुक भएको नाम हो- डिएगो म्याराडोना ।

म्याराडोरान अर्जेन्टिनी फ्यानका लागि फुटबलका भगवान् हुन् । उनैले लगाएको १० नम्बर जर्सी कालान्तरमा मेसीले पाए ।

जारी विश्वकपमा मेसीले जादु देखाइरहँदा म्याराडोनाको पनि चर्चा भइरहेको छ । मेसीसँग एउटा टोली र उनीहरूलाई परिचालन गर्ने स्किलले मेसी चर्चामा छन् । उनले खेल कौशलको चर्चा नगर्ने यो विश्वकपमा भेटिएका छैनन् ।

मेसीको जादुयी खेलले म्याराडोनाको स्मरण गराएको हो । जसले अर्जेन्टिनालाई दोस्रो विश्वकप जिताए । उनी मेसीले विश्वकप जितेको हेर्न चाहन्थे तर देख्न पाएनन् । त्यो देख्न नपाइ उनी सन् २०२० मा बिते । दुई वर्षपछि मेसीले विश्वकप जिते ।

मेसी लगातार दोस्रो विश्वकप जित्ने दाउमा छन् । यसले पनि अर्जेन्टिनी लेजेन्ड म्याराडोनाको सम्झना भइरहेको छ ।

को थिए म्याराडोना ?

३० अक्टोबर १९६० मा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एउटा सुकुम्वासी बस्ती (स्लम) मा डिएगो म्याराडोनाको जन्म भएको थियो ।

अर्जेन्टिनी मिडियाहरू उनको बाल्यकाल चरम गरिबीमा बितेको बताउँछन् । आधा खाली पेटमा उनको परिवारले कयौं छाक टार्‍यो ।

३ वर्षको उमेरमा म्याराडोनाले उपहार स्वरूप एउटा फुटबल पाएका थिए । जुन फुटबल उनलाई नाम, दाम र लेजेन्ड बनाउने पहिलो खुड्किलो थियो ।

त्यो उमेरमा उनले सबैभन्दा प्रिय कुरा फुटबल पाएका थिए। फुटबलप्रतिको उनको प्रेम यस्तो थियो कि- राति टिसर्टभित्र बल लुकाएर सुत्ने गर्थे । उनले अन्तर्वार्तामा सेयर गरेका छन्, ‘फुटबल चोरी हुने डरले साथमै राखेर सुत्थे।’

फुटबलमा छलाङ

८ वर्षमै म्याराडोना स्थानीय बाल क्लब ‘लास कावोलितास’ बाट खेल्न सुरू गरे ।

त्यस क्लबबाट म्याराडोनाले लगातार १३६ खेल जिते । अनि आफूलाई राइजिङ स्टारका रुपमा फुटबल एजेन्टहरूलाई आकर्षित गरे ।

खेल कौशलले उनी १५ वर्षमै व्यावसायिक फुटबल होमिन पाए । १६ वर्षको उमेरमा उनी अन्तर्राष्ट्रिय रंगशालासम्म पुगे ।

बार्सिलोनाको अनुभव र नेपोलीका ‘भगवान्’

सन् १९८२ मा स्पेनिस क्लब बार्सिलोनाले म्याराडोनालाई तत्कालीन समयको कीर्तिमानी मूल्य ५० लाख पाउन्डमा अनुबन्ध गर्योब । तर, बार्सिलोनामा उनको समय सुखद रहेन ।

हेपाटाइटिस रोग र खेलका दौरान खुट्टाको गोलीगाँठो चोटका कारणा उनी महिनौँ मैदान बाहिर रहे। पछि व्यवस्थापनसँगको विवाद र मैदानमा भएको कुटपिटका कारण उनी बार्सिलोनाबाट बाहिरिए ।

सन् १९८४ मा इटालीको सबैभन्दा गरिब र आपराधिक पृष्ठभूमि भएको सहर नेपल्सको क्लब नेपोलीले म्याराडोनालाई ५९ लाख पाउन्डमा खरिद गर्‍यो ।

उनको स्वागतका लागि रंगशालामा ७५ हजार दर्शक आएका थिए ।

म्याराडोनाले आफ्नो जादुमयी खेलले इतिहासमै कहिल्यै नजितेको नेपोली क्लबलाई सन् १९८७ र १९९० मा ‘सिरिया ए’ को उपाधि दिलाए । नेपल्सका मानिसहरूका लागि म्याराडोना खेलाडी मात्र होइन, ‘भगवान्’ जस्तै पूजनीय बने ।

१९८६ को विश्वकप

सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्डबीचको खेल म्याराडोनाको जीवनको सबैभन्दा चर्चित हो । फकल्यान्ड युद्धको पृष्ठभूमिमा भएको उक्त खेलमा म्याराडोनाले हातको प्रयोग गरी रेफ्रीको आँखा छलेर पहिलो गोल गरे, जसलाई पछि ‘ह्यान्ड अफ गड’ भनियो।

त्यसको ठीक ४ मिनेटपछि म्याराडोनाले मैदानको आधा भागबाट एक्लै इङ्गल्यान्डका ५ डिफेन्डर र गोलकिपरलाई छलाउँदै अविश्वसनीय गोल गरे । उक्त गोललाई आज पनि ‘गोल अफ द सेन्चुरी’ मानिन्छ । त्यही विश्वकप जिताएर म्याराडोना अर्जेन्टिनाका राष्ट्रिय नायक बने । अर्जेन्टिनीले भगवानकै रुपमा लिन थाले ।

विवाद, ड्रग्स र दु:खद अन्त्य

सफलताको शिखरमा पुगेका म्याराडोना बिस्तारै इटालीको माफिया (कमोरा) को सम्पर्कमा आए र लागुऔषध (कोकिन) को दुर्व्यसनी बने ।

उनको व्यक्तिगत जीवन पनि निकै उतारचढावपूर्ण रह्यो । विभिन्न महिलाहरूसँगको सम्बन्धबाट उनका आठ जना सन्तान थिए, जसलाई उनले लामो समयपछि मात्र स्वीकार गरे ।

१९९१ मा ड्रग प्रयोग भएको भेटिएपछि उनी १५ महिनाको प्रतिबन्धम परे । त्यही कारण उनी अपमानित हुँदै इटाली छोड्न बाध्य भए । जस बेला उनी नापोलीबाट आबद्ध थिए ।

१९९४ मा ३३ वर्षको उमेरमा विश्वकपमा पुनरागमन गरे । तर, त्यहाँ पनि ड्रग प्रयोग गरेको पाइयो । उनलाई प्रतियोगिताको बीचैमा बाहिर निकालियो ।

जसले उनको अन्तर्राष्ट्रिय खेल जीवनको लज्जास्पद अन्त्य गर्‍यो । १९९७ म्याराडोनाले फुटबलबाट पूर्ण संन्यास लिए । जसबेला उनी अर्जेन्टिनाको घरेलु लिगबाट खेल्थे । त्यहाँ पनि उनले ड्रग प्रयोग गरेको पाइएको थियो ।

सन्यासपछि म्याराडोनाको स्वास्थ्य तीव्र रूपमा बिग्रियो । अत्यधिक मोटोपन, मुटुको रोग र लागुऔषधको लतले उनको शरीर जर्जर बनायो । यद्यपि, अर्जेन्टिनाका जनताको उनीप्रतिको प्रेम कहिल्यै कम भएन । उनी केही समय अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षकसमेत बने ।

देशले शोक मनायो

२५ नोभेम्बर २०२० मा ६० वर्षको उमेरमा हृदयघातका कारण डिएगो म्याराडोनाको निधन भयो । उनको निधनपछि अर्जेन्टिनामा ३ दिनको राष्ट्रिय शोक घोषणा गरिएको थियो ।

गल्लीबाट उठेर फुटबलको आकाशमा चम्किएका म्याराडोना लेजेन्ड बने । तर, आफूलाई विवादबाट टाढा राख्न सकेनन् । तथापि, उनी अर्जेन्टिनीहरूको प्रिय ब्याड ब्वाइ नै रहे ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : १६ बजे

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप