इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी « Khabarhub

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।

विज्ञप्तिअनुसार कुवेतको अल–अदिरी शिविरस्थित गोलाबारुद भण्डारण केन्द्र, अली अल–सलेम सैन्य आधारका मुख्यालय भवन, गोलाबारुद डिपो तथा सञ्चार पूर्वाधारलाई निशाना बनाइएको दाबी गरिएको छ ।

त्यसैगरी, जोर्डनको अल–अज्राक सैन्य आधारमा रहेका इन्धन भण्डारण ट्याङ्कीहरूलाई पनि आक्रमण गरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

यसैबीच, कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण लक्ष्यहरूलाई अवरोध गर्ने क्रममा विस्फोटका आवाज सुनिएको जनाएको छ ।

बहराइनको गृह मन्त्रालयले पनि शनिबार हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको पुष्टि गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको प्रमुख पाँचौँ बेडा तैनाथ छ ।
 

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १ : ०९ बजे

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका